तालिबानले महिलामाथि लगायो नयाँ प्रतिबन्ध

डिसी नेपाल
११ भदौ २०८० १४:०२

काठमाडौं । अफगानिस्तानको तालिबान सरकारले आफ्नो एउटा आदेशमा महिलामाथि नयाँ प्रतिबन्ध लगाएको छ ।

तालिबानले देशको बामियान प्रान्तको बन्द-ए-अमिर नेशनल पार्कमा महिलालाई प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

अफगानिस्तानका कार्यवाहक मन्त्री मोहम्मद खालिद हनाफीले पार्कभित्र महिलाहरूले हिजाब नलगाएको बताए।

उनले धर्मगुरु र सुरक्षा निकायबाट यस विषयमा समाधान नआएसम्म महिलालाई राष्ट्रिय निकुञ्ज प्रवेशमा रोक लगाइएको बताए ।

बन्द-ए-अमिर अफगानिस्तानको पहिलो राष्ट्रिय निकुञ्ज हो र मुख्य पर्यटक आकर्षण हो। सन् २००९ मा राष्ट्रिय निकुञ्जको हैसियत पाएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *