मुकेश अम्बानीका तीनैजना छोराछोरीलाई रिलायन्सको बोर्ड अफ डाइरेक्टर्समा ल्याइयो
काठमाडौं । मुकेश अम्बानीका छोराछोरी इशा अम्बानी, आकाश अम्बानी र अनन्त अम्बानीलाई रिलायन्स इन्डस्ट्रिज लिमिटेडको बोर्ड अफ डाइरेक्टरमा समावेश गरिएको छ।
योसँगै नीता अम्बानीले बोर्ड अफ डाइरेक्टरबाट राजीनामा दिने निर्णय गरेकी छिन् । कम्पनीको नेतृत्व परिवर्तनको प्रक्रियामा यसलाई निकै महत्वपूर्ण कदम मानिएको छ । कम्पनीको ४६औँ वार्षिक साधारण सभा चलिरहेको अवस्थामा यो घोषणा गरिएको हो ।
यस बैठकलाई सम्बोधन गर्दै मुकेश अम्बानीले देशमा रिलायन्स जियोका प्रयोगकर्ताको संख्या ४५ करोड नाघेको बताए । यस क्रममा उनले जियो एयर फाइबरको लन्च गर्ने घोषणा पनि गरे। यो डिभाइस सेप्टेम्बर १९ मा लन्च हुनेछ।
प्रतिक्रिया
Facebook Comment