बजेट र योजनाबीच तालमेल भएन : अध्यक्ष तिमिल्सिना

डिसी नेपाल
१२ भदौ २०८० १६:४१

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दीगो विकास लक्ष्यका लागि बजेट र योजनाबीच तालमेल नभएको बताएका छन् ।

दीगो विकाससम्बन्धी भावी रणनीतिका बिषयमा मंगलबार ललितपुुरमा आयोजित कार्यक्रममा तिमिल्सिनाले बजेट र योजनाबीच तालमेल नभएसम्म दीगो विकास लक्ष्य प्राप्त कठिन हुने बताएका हुन् । उनले दीगो विकास लक्ष्य हासिल गर्न नीति निर्माणदेखि कार्यान्वयन गर्ने संयन्त्रबीच समन्वय र सहकार्य आवश्यक रहेको धारणा राखे ।

उनले तोकिएको समयावधिभित्र दीगो विकास लक्ष्य प्राप्त गर्न अहिले योजना कार्यान्वयनको गतिमा सुधार र सक्रियताको खाँचो औँल्याए । उनले अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न र दीगो विकासका लक्ष्य प्राप्ति हुने ढङ्गबाट आयोजना छनोट गरी सामाजिक न्यायका आधारमा बजेट विनियोजन गर्नुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रियसभा अन्तर्गतको दीगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले सुशासन र दीगो विकास मुलुकको प्राथमिकताको विषय भएकाले सवै विषयगत समितिमा छलफल हुनुपर्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *