अदालतले तोशाखाना मुद्दामा इमरान खानको सजायमा रोक लगायो, धरौटीमा रिहा गर्न आदेश

डिसी नेपाल
१३ भदौ २०८० १०:५८

काठमाडौं । इस्लामावाद उच्च अदालतले मंगलबार पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको सजायमा रोक लगाएको छ । यो प्रतिबन्ध तोषाखाना मुद्दामा लगाइएको हो ।

बीबीसी संवाददाता शुमाइला जाफरीका अनुसार इस्लामाबाद उच्च अदालतले इमरानलाई जमानतमा रिहा गर्न आदेश दिएको छ । इस्लामावाद उच्च अदालतले सोमबार यस मामिलामा आफ्नो निर्णय सुरक्षित राखेको थियो।

अगस्ट ५ मा इमरान खानलाई तोशाखाना मुद्दामा दोषी ठहर गर्दै ट्रायल कोर्टले तीन वर्षको जेल सजाय सुनाएको थियो । अदालतको आदेशलगत्तै इमरान खानलाई पक्राउ गरिएको थियो ।

इमरान खानमाथि आरोप छ कि उनी प्रधानमन्त्री हुँदा उनले र उनकी श्रीमतीले विदेशी नेताहरुबाट प्राप्त उपहार बेचेर कमाएको आम्दानीको जानकारी दिएनन् ।

उनी हाल अट्टक कारागारमा छन् । तर, इमरान खानविरुद्ध अरु धेरै मुद्दा रहेकाले रिहा नहुने आशंका पनि छ ।

पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) ले इस्लामाबाद उच्च अदालतमा पूर्वप्रधानमन्त्रीलाई सबै मामिलामा जमानतको माग गर्दै याचिका दायर गरेको छ। ताकि उनी अन्य कुनै मुद्दामा पक्राउ नपरुन् । तर, यो निवेदनको सुनुवाइ भने भएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *