नेपाल इलेक्ट्रिक तथा कन्जुमर इलेक्ट्रोनिक्स अन्तर्राष्ट्रिय प्रदर्शनी शुक्रबारदेखि
काठमाडौं। नेपाल इलेक्ट्रिक, इलेक्ट्रोनीक्स पावर, लाइट तथा कन्जुमर इलेक्ट्रोनिक्स एंड होम अपलायनसेस सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ। भाद्र १५ देखि १७ सम्म भृकुटी मण्डपमा उक्त प्रदर्शनी हुन लागेको हो।
नेपालको पहिलो एकमात्र वृहत् अन्तर्राष्ट्रिय उर्जा र विद्युतसँग सम्बन्धित प्रदर्शनी हो जुन मिडिया स्पेस सोलुसन्स्कासाथै एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि तथा फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रालिको संयोजकत्वमा आयोजना हुन लागेको हो ।
विद्युतीय, विद्युतीय उपकरण, र उर्जासँग सम्बन्धित उक्त प्रदर्शनीको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्ति बहादुर बस्नेतले उद्घाटन गर्ने आयोजकले जनाएको छ । उक्त प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढि कम्पनीहरुको स्टल रहने छन् ।
विद्युतीय सवारीलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्ने, विद्युत् तथा गुणस्तरीय विद्युतीय सामाग्रीहरुको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तराष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्धनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले जनाएका छन ।
यस प्रदर्शनीमा विधुतीय कार, विधुतीय स्कुटर, मोटरसाइकल, विधुतीय साइकल तथा रिक्सा, चार्जिङ्ग स्टेशन, ब्याट्री, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामाग्री, वायर, केबल एवं कण्डक्टर, अत्याधुनिक प्रकारका स्वीचहरु, एलिडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका कम्पनीहरुको सहभागिता रहने बताइएको छ ।
ओयाजकका अनुसार राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रीक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक उर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यवसायिक प्रवर्द्धन गर्नुको साथै यी उद्योगमा भएका नविनतम उपलब्धीहरूबारे सूचना आदान प्रदान गर्ने तथा उपभोक्ता वर्गमा उर्जाको व्यवस्थित खपतको महत्वबारे जानकारी अद्यावधिक गराउन सहयोग पुर्याउने यस संस्करणको लक्ष्य रहेको छ ।
Facebook Comment