जी-२० बैठकमा सी जिनपिङ भारत नआउने खबर पाएपछि बाइडेन निराश
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आउँदो साता हुने जी–२० शिखर सम्मेलनका लागि भारत भ्रमण गर्न आतुर रहेको बताएका छन् ।
तर, चिनियाँ राष्ट्रपति सी जिनपिङ नआउनेको थाहा पाएपछि उनी पनि निराश छन् । ह्वाइट हाउसका अनुसार बाइडेन जी–२० सम्मेलनमा सहभागी हुन सेप्टेम्बर ७ मा भारत आउनेछन् ।
यसका साथै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय सम्बन्धका विषयमा पनि छलफल गर्नेछन् । भारत जी-२० को वर्तमान अध्यक्ष हो। त्यसैले उसले डिसेम्बर ९ र १० मा राजधानी दिल्लीमा जी–२० सम्मेलन आयोजना गर्दैछ ।
बाइडेनलाई आइतवार सोधिएको थियो कि उनी भारत र भियतनाम भ्रमण गर्न कति उत्साहित छन् ? यसमा उनले भनेका थिए- हो। नयाँ दिल्लीमा हुन लागेको जी-२० सम्मेलनमा विश्वभरका धेरै राष्ट्र प्रमुखहरू सहभागी हुनेछन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि जी–२० सम्मेलनमा सहभागी हुन भारत आउने छैनन् । उनको स्थानमा रुसका विदेशमन्त्री सर्गेई लाभरोभले प्रतिनिधित्व गर्नेछन् ।
Facebook Comment