जी-२० मा भारत र चीनबीचको सीमा तनावको असरसँग सम्बन्धित प्रश्नमा अमेरिकाले के भन्यो ?
काठमाडौं । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानले नयाँ दिल्लीमा हुने जी-२० शिखर सम्मेलनमा चीनले कस्तो भूमिका खेल्ने भन्ने उसैले निर्णय गर्ने बताएका छन्। उनले यो सम्मेलनमा चीन ‘स्प्वायलर’ बन्न चाहेमा यो विकल्प पनि उपलब्ध रहेकोमा जोड दिए ।
समाचार एजेन्सी पीटीआईका अनुसार ज्याक सुलिवानलाई भारत-चीन सीमा तनावले जी-२० सम्मेलनमा कस्तो असर पार्छ भनेर सोधिएको थियो।
यसमा उनले भने, ‘जहाँसम्म भारत र चीनबीचको सीमा तनावले जी-२० मा पर्ने असरको कुरा छ, यो पूर्णतया चीनमा निर्भर छ, यदि चीन त्यहाँ आएर बिगार्ने भूमिका खेल्न चाहन्छ भने पक्कै पनि उनीहरूको लागि विकल्प उपलब्ध छ।”
“मलाई लाग्छ कि अध्यक्ष भारतले उनीहरू (चीन) लाई भूराजनीतिक मुद्दाहरू छोडेर वातावरण, बहुपक्षीय विकास, बैंक सुधार, ऋण राहत, प्रविधि जस्ता मुद्दाहरूमा ध्यान केन्द्रित गर्न प्रोत्साहित गर्नुपर्छ।”
चिनियाँ राष्ट्रपति सी जिनपिङ यसै साता नयाँ दिल्लीमा हुने जी–२० शिखर सम्मेलनमा सहभागी हुन नआउने भएका छन् । उनको स्थानमा चिनियाँ प्रधानमन्त्री ली कियाङ भारत आउनेछन् ।
Facebook Comment