भारतको सूर्य मिशन आदित्य-एल १ ले सेल्फी लियो, पृथ्वी र चन्द्रमाको फोटो पनि खिच्यो

डिसी नेपाल
२१ भदौ २०८० १६:५९

काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले आफ्नो सौर्य मिशन आदित्य-एल १ ले खिचेको तस्विर साझा गरेको छ।

इसरोले आफ्नो ट्विटर अकाउन्टबाट ट्वीटमा लेखेको छ, “सूर्य र पृथ्वीको बीचमा रहेको एल १ बिन्दुमा पठाइएको आदित्य-एल १ ले सेल्फी खिचेको छ।”

इसरोले आदित्य-एल १ ले पृथ्वी र चन्द्रमाको तस्बिर पनि लिएको बताएको छ।

इसरोले आफ्नो भिडियोमा ४ सेप्टेम्बरमा आदित्य-एल १ ले खिचेको सेल्फीमा भिजिबल लाइन एमिशन कोरोनाग्राफ र सोलार अल्ट्राभायोलेट इमेजिङ टेलिस्कोप पेलोडहरू देखिने बताएको छ।

सोही दिन यो मिसनले पृथ्वी र यसको उपग्रह चन्द्रमाको तस्वीर पनि खिच्यो। यो तस्बिरमा पृथ्वी ठूलो देखिन्छ, जबकि चन्द्रमा बिन्दु जस्तो देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *