चीनको अर्थतन्त्रका लागि अर्को नराम्रो खबर

डिसी नेपाल
२३ भदौ २०८० १०:११

काठमाडौं । चीनबाट विश्व निर्यातमा लगातार चौथो महिना गिरावट आएको छ र यो ‘विश्वको कारखाना’ भनिने देशको कमजोर आन्तरिक मागका कारण भएको हो ।

यससँगै चिनियाँ उत्पादनको विश्वव्यापी मागमा पनि कमी आएको छ र यसले चीनको निर्यात तथ्यांकमा असर गरेको छ ।

आधिकारिक तथ्याङ्क अनुसार चीनको निर्यात गत वर्षको तुलनामा अगस्टमा ८.८ प्रतिशतले घटेको छ भने आयात ७.३ प्रतिशतले घटेको छ ।

तर, गिरावटका यी तथ्याङ्कहरू सोचे जस्तो नराम्रो भने नरहेको बताइएको छ । गत महिनाको तथ्यांकमा केही सुधार देखिएको थियो ।

कोरोना महामारीपछिको अवस्थाका कारण चिनियाँ अर्थतन्त्रका सामु जुन चुनौती खडा भएको छ, त्यसको सामना चीनले गरिरहेको छ ।

उपभोक्ता खर्च घटेको छ र सम्पत्ति बजार संकटबाट गुज्रिरहेको छ। अमेरिकासँग चलिरहेको व्यापार विवाद र कोरोना महामारीका कारण चीनमा बनेका वस्तुको माग विश्वव्यापी रूपमा कमजोर भएको छ ।

बुधबार सार्वजनिक गरिएको अमेरिकी जनगणना ब्यूरोको नयाँ प्रतिवेदनले अमेरिकाबाट चीनमा पठाइएका सामानको निर्यात सन् २००६ यताकै न्यून स्तरमा पुगेको जनाएको छ ।

अमेरिकी जनगणना ब्यूरोको यो रिपोर्टले जुलाईको अन्त्यसम्मको अवस्था बताउँछ।

सोही अवधिमा अमेरिकी आयातमा चीनको अंश १४.६ प्रतिशत थियो, जबकि मार्च २०१८ को अन्त्यमा (चीन-अमेरिका व्यापार युद्ध सुरु हुनुअघि) यो २१.८ प्रतिशतको उच्चतम स्तरमा थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *