आफ्नो देशमा आउँदा रूसी राष्ट्रपतिलाई गिरफ्तार नगरिने ब्राजिलका राष्ट्रपतिको घोषणा
काठमाडौं । ब्राजिलका राष्ट्रपति लुला डा सिल्भाले अर्को वर्ष ब्राजिलको राजधानी रियोमा हुने जी–२० शिखर सम्मेलनमा रुसी राष्ट्रपति पुटिन सहभागी भए उनलाई पक्राउ नगर्ने बताएका छन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार ब्राजिलका राष्ट्रपतिले भने, “मलाई लाग्छ पुटिन ब्राजिल आउन सक्छन्। म यति मात्र भन्न सक्छु कि यदि म ब्राजिलको राष्ट्रपति रहें र उनी ब्राजिल आए भने उनको गिरफ्तारीको प्रश्न नै उठ्दैन। ”
अन्तर्राष्ट्रिय फौजदारी अदालतले युक्रेन युद्धमा कथित युद्ध अपराधको आरोपमा पुटिनविरुद्ध मार्चमा पक्राउ पुर्जी जारी गरेको थियो। यही कारण उनी आफैं पनि केही महिनायता अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने बैठकमा सहभागी नहुने बताइएको छ ।
दिल्लीमा भएको जी–२० शिखर सम्मेलनमा पनि नआउँदै उनले विदेशमन्त्री लाभरोभलाई पठाए । लुलाले रियो शिखर सम्मेलनअघि ब्रिक्स राष्ट्रको बैठक रुसमा हुन लागेको र आफू त्यहाँ जान लागेको बताए ।
Facebook Comment