नाडा अटो सो सुरु
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालको आयोजनामा १५औँ संस्करणको नाडा अटो सो मंगलबारबाट काठमाडौंमा सुरु भएको छ ।
६ दिनसम्म चल्ने प्रर्दशनीको अर्थमन्त्री डा प्रकाशशरण महतले उद्घाटन गरे । प्रदर्शनीमा सवारी साधन, पार्टपुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको प्रदर्शनी रहेको नाडाले जनाएको छ । प्रदर्शनी भृकुटीमण्डपको प्रदर्शनीस्थलमा भाद्र ३१ गतेसम्म चल्ने छ ।
बजार सुस्तता भएको समयमा यस प्रदर्शनीमा अटोमोबाइल कम्पनीहरूको सहभागिताले अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण योगदान दिने नाडाले जनाएको छ । आयोजकका अनुसार प्रदर्शनीमा ठूला तथा साना गरी करिब १२० वटा स्टल र ब्लकहरु रहेका छन् । र उक्त प्रर्दशनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरूको सहभागिता समेत रहेको आयोजकले जनाएको छ । उक्त अटो सोमा २० अर्बको कारोबार हुने लक्ष्य लिएको आयोजकले जनाएको छ ।
Facebook Comment