अस्ट्रेलियाकी महिला सांसदले संसदभित्र यौन शोषण भइरहेको खुलासा गरिन्

डिसी नेपाल
२७ भदौ २०८० १२:०२

काठमाडौं । अष्ट्रेलियाकी एक प्रख्यात राजनीतिज्ञले देशको संसदभित्र लगातार उत्पीडनको सामना गर्नुपरेको बताएकी छन् ।

पूर्व क्याबिनेट मन्त्री क्यारेन एन्ड्रयूजले एक पुरुष सांसदलाई उनको नाम नलिई उनको घाँटीमा धेरै नजिक “सास फेरेको” र सदनमा अश्लील टिप्पणी गरेको आरोप लगाइन् ।

अष्ट्रेलियाको संसद ठूलो मात्रामा यौन दुर्व्यवहारको रिपोर्टका कारण विवादमा परेको छ। फेब्रुअरीमा, दुवै सदनले सांसद र कर्मचारीहरूको लागि नयाँ आचारसंहिता बनाउन सहमत भएका थिए ।

एन्ड्रयूजले एबीसी न्यूजलाई भनिन्, “म त्यहाँ बसेर आफ्नो काम गरिरहेकी हुन्थें र मलाई कसैले मेरो घाँटीको पछाडि सास फेरिरहेको महसुस हुन्थ्यो र जब म फर्केर प्रश्न सोध्थें मैले जवाफ पाउँथें-‘ यो महत्वपूर्ण प्रश्न हो, यसको गहन छानबिन हुनुपर्छ ।’

करेन एन्ड्रयूज स्कट मोरिसनको गठबन्धन सरकारमा सबैभन्दा वरिष्ठ महिला मध्ये एक थिइन्। उनी उद्योगमन्त्री र गृहमन्त्री भइसकेकी छिन् ।

उनी देशको राजनीतिमा महिलालाई हुने व्यवहारको बारेमा सधैँ आवाज उठाउँदै आएकी छिन् । उनले आगामी निर्वाचनसम्म राजनीतिबाट सन्यास लिने घोषणा गरेकी छन् । देशमा अर्को चुनाव २०२५ मा हुने भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *