आज सार्बजनिक बिदा
काठमाडौं। सरकारले आज सार्बजनिक बिदा दिएको छ। सरकारले संविधानसभा अध्यक्ष तथा एमालेका उपाध्यक्ष एवं एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनमा आज सार्बजनिक बिदा दिएको हो।
आज उनको राजकीय सम्मानका साथ अन्त्येष्टीसमेत गरिँदैछ।
गत मंगलबार हृदयघातवाट निधन भएका नेकपा एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिन लागिएकाे हाे। दिउँसो १२ बजे हिन्दु र किरात दुवै अनुसार उनको अन्तिम दाह संस्कार गरिने जनाइएको छ।
मंगलबार बिहान बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गर्ने निर्णय गर्दै सोही दिन सार्वजनिक बिदा दिनेसमेत निर्णय पनि गरेकाले आज सार्बजनिक बिदा दिइएको हो।
प्रतिक्रिया
Facebook Comment