अनन्तनाग आक्रमणको जिम्मेवारी रेजिस्टेन्स फ्रन्टले लियो, मेजर र कर्नेल सहित तीन अधिकारीको मृत्यु

डिसी नेपाल
२८ भदौ २०८० १३:४४

काठमाडौं । कश्मीरमा चरमपन्थीसँगको भिडन्तमा बुधबार भारतीय सेनाका एक कर्णेल, एक मेजर र एक डीएसपीको मृत्यु भएको छ ।

बुधबार बिहान अनन्तनागको गारोल क्षेत्रमा चरमपन्थीसँगको गोली हानाहानमा १९ राष्ट्रिय राइफल्सका कमाण्डिङ अफिसर र जम्मू कश्मीर प्रहरीका एक मेजर तथा डीएसपी हुमायुन भाट गम्भीर घाइते भएका थिए ।

समाचार एजेन्सी पीटीआईका अनुसार यी अधिकारीहरुको उपचारका क्रममा मृत्यु भएको हो ।

हुमायुन भट्टको दुई महिनाकी छोरी छिन् । उनी जम्मू कश्मीरका रिटायर्ड आईजीका छोरा हुन्। घाईतेपछि अत्यधिक रक्तश्रावका कारण उनको मृत्यु भएको हो ।

प्रतिबन्धित रेजिस्टेन्स फ्रन्टले यस आक्रमणको जिम्मेवारी लिएको छ। यो पाकिस्तानको लश्कर-ए-तैयबाको प्रोक्सी संगठन हो भन्ने विश्वास गरिन्छ।

अधिकारीहरूले विश्वास गर्छन् कि यी उनै चरमपन्थी हुन् जसले अगस्ट ४ मा कुलगाममा सेनाका जवानहरूलाई आक्रमण गरी तीन जनाको हत्या गरेका थिए।

सेनाले चरमपन्थी विरुद्ध मंगलबार अपरेसन सुरु गरेको भएपनि राती स्थगित भएको थियो ।

उच्च स्थानमा लुकेर बसेको सूचना बिहान प्राप्त भएपछि पुनः कारवाही सुरु गरिएको अधिकारीहरूले बताएका छन् ।

१९ राष्ट्रिय राइफल्सका कमाण्डिङ अफिसरले आफ्नो टोलीको नेतृत्व गर्दै चरमपन्थीमाथि आक्रमण गरेका थिए । तर जवाफी फायरबाट उनी गम्भीर घाइते भएका थिए ।

मेजर र डीएसपी भाट पनि गोली लागेर गम्भीर घाइते भएका छन् ।

सेना र प्रहरीका वरिष्ठ अधिकारीहरू, जीओसी १५ कोर जनरल राजीव घई र डीजीपी दिलबाग सिंह घटनास्थल पुगेका छन्।

कश्मीरको १५ औं कोरले भनेको छ कि चरमपन्थीहरूको उपस्थितिको बारेमा सही गुप्तचर प्राप्त गरेपछि सेना र पुलिसले अनन्तनागको गैरोल क्षेत्रमा संयुक्त अभियान सुरु गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *