इस्लामिक देश इजिप्टमा नकाबमा प्रतिबन्ध लगाइएपछि सरकारप्रति जनताको आक्रोश !
काठमाडौं । फ्रान्सेली विद्यालयमा मुस्लिम छात्रालाई अबाया लगाउन प्रतिबन्ध लगाएपछि अब इस्लामिक राष्ट्र इजिप्टले पनि यस्तै कदम चालेको छ । इजिप्टले विद्यालयमा छात्राहरूलाई नकाब (आँखा बाहेक सम्पूर्ण अनुहार ढाक्ने इस्लामिक पोशाक) लगाउन प्रतिबन्ध लगाएको छ।
इजिप्ट सरकारको यो निर्णयबाट यो इस्लामिक देशको एक वर्ग निकै रिसाएको छ । सामाजिक सञ्जालमा मानिसहरुले सरकारको निर्णयलाई गलत भन्दै आलोचना गरिरहेका छन् ।
सोमबार इजिप्टको सरकारी पत्रिका अल-युमले इजिप्टको शिक्षा मन्त्रालयले विद्यालयमा नकाब लगाउन प्रतिबन्ध लगाएको समाचार प्रकाशित गरेको थियो। यो प्रतिबन्ध सरकारी र निजी दुवै विद्यालयमा लागू हुन्छ।
सरकारले आफ्नो निर्णयमा हिजाब ऐच्छिक राखेको छ । यसको मतलब विद्यालयका छात्राहरूले चाहेमा हिजाब लगाएर विद्यालय आउन सक्छन् । हिजाब मुस्लिम महिलाहरूको लागि टाउको र कपाल छोप्ने कपडा हो जसले पूरै अनुहार ढाक्दैन।
हिजाब ऐच्छिक राख्ने निर्णयमा इजिप्टको सरकारले भनेको छ, ‘विद्यार्थीले आफ्नो इच्छाअनुसार वा अभिभावकको अनुरोधमा हिजाब लगाउन सक्छन् । अन्य व्यक्तिले कुनै पनि विद्यार्थीलाई हिजाब लगाउन बाध्य पार्न सक्दैन।’
सरकारको यो निर्णयको सामाजिक सञ्जालमा विरोध भइरहेको छ । सरकारले जनताको व्यक्तिगत मामिलामा र महिला अधिकारमा हस्तक्षेप गरिरहेको जनताले बताएका छन् । सरकारको निर्णयको विरोध गर्नेहरूले नकाब लगाउनु आफ्नो धार्मिक दायित्व भएको र यसलाई राजनीतिकरण गर्न नहुने बताउँछन्।
Facebook Comment