युक्रेनी राष्ट्रपति जेलेन्स्की अर्को हप्ता ह्वाइट हाउस जाने
काठमाडौं । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) जेक सुलिभानले युक्रेनी राष्ट्रपतिले अर्को हप्ता ह्वाइट हाउसको भ्रमण गर्ने बताएका छन् ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सुलिभानले राष्ट्रपति जो बाइडेनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई बिहीबार ह्वाइट हाउसमा स्वागत गर्ने बताएका छन्।
उनले ह्वाइट हाउसमा दुई नेताबीच तेस्रो भेट हुने बताए ।
उनले भने, ‘यो बैठक युक्रेनमा भइरहेको युद्धमा रुसले उत्तर कोरियाजस्ता देशको सहयोग खोजिरहेको बेला त्यसविरुद्ध युक्रेनी सेनाको प्रतिकारात्मक कारबाहीमा केन्द्रित हुनेछ र रक्षामन्त्री लोयड अस्टिन पनि साथमा रहनेछन् हामी अर्को हप्ता युरोपमा धेरै सहयोगी र हाम्रा सहयोगीहरूसँग बैठक आयोजना गर्दैछौं।’
उनले भने कि राष्ट्रपति बाइडेनले युद्धमा उनीहरूको दृष्टिकोण बुझ्नेछन् र युक्रेनको स्वतन्त्रता र सार्वभौमसत्ताको संघर्षमा अमेरिकाको प्रतिबद्धता दोहोर्याउन चाहन्छन्।
युक्रेनका लागि सैन्य सहयोगसँग सम्बन्धित प्रश्नको जवाफमा जेक सुलिभानले उक्त बैठकमा अमेरिकाले युक्रेनका लागि थप हतियार प्याकेज घोषणा गर्न सक्ने बताए ।
Facebook Comment