सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित
काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको सोमबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ।
जिल्ला अदालत काठमाडौंमा सोमबार सुनुवाइ हुने भनिएको थियो। तर, न्यायाधीशको बढुवा, सरुवा र हरितालिका तीजका कारण सोमबारको सुनुवाइ स्थगित भएको हो।
बलात्कार अभियोग लागेको सन्दीपविरुद्ध मुद्दाको सुनुवाइको अर्काे मिति तोकिएको छैन। सो मुद्दाको सुनुवाइ विभिन्न कारण देखाउँदै स्थगित हुँदै आएको छ भने फैसलाका लागि सुनुवाइ हुन सकिरहेको छैन।
प्रतिक्रिया
Facebook Comment