किन पश्चिमाहरु भारतसँग कृत्रिम, जैविक र सांस्कृतिक सम्बन्ध गाँस्दै छन्?
हजारौं वर्षसम्म विश्व महाशक्ती रहेका चीन र भारत इतिहासको कुनै कालखण्डमा एक पटक पनि लडेनन्। बरु यी दुई साम्राज्यलाई बुद्धिजमले सांस्कृतिक रूपमा जोड्यो। उनीहरुलाई असल मित्र र सह यात्री बनायो।
पश्चिमाहरुलाई राम्रोसँग थाहा छ कि चीन र भारत एक भए भने संसार निल्छन्। चीन र भारत बीचको एकता र सहकार्यले ५०० वर्षको श्वेत साम्राज्यवादलाई थिच्नेछ। त्यसैले चीन र भारतको ऐतिहासिक सम्बन्धलाई तोडेर यी दुई मुलुकलाई फुटाउन र जुधाउन पश्चिमाहरुले विभिन्न तिकडमको प्रयोग गर्दै आएका छन्।
चीन बाट बुद्धिजम, ताओइजम र कन्फ्युसियनइजमलाई फेज अाउट गरेर चीन र भारतविचको हजारौं वर्ष पुरानो सांस्कृतिक सम्बन्ध टुटाउन पश्चिमाहरुले चिनमा आक्रामक इशाइकरणको अभियान चलाए। चीनको राज्यसत्ता कब्जा गर्न ताइपिङ नामक इशाइ विद्रोह गराए।तर उनीहरुको योजना असफल भयो।
१२ सय वर्षसम्म मुस्लिम सम्राट महम्मद बिन क्वासिमदेखि औरङजेबसम्मले हिंसाकाे प्रयोग गरेर भारतीय समाजको ठूलो हिस्सालाई धर्मान्तरण गरेका थिए। अंग्रेजहरुले पनि भारतीय समाजलाई इशाइकरण गर्न हिंसाकै प्रयोग गर्नु पर्थ्यो।
नत्र तत्कालीन समाजले धर्म परिवर्तन गर्दै थियो। तत्कालीन समाज धार्मिक हिसाबले कट्टर थियो। कट्टर समाजले दोस्रो धर्मलाई कुनै हालतमा स्विकार्दैन थियो। अंग्रेजहरुले हिंसाकाे प्रयोग गरेर भारतीय समाजलाई इसाइकरण गर्न असम्भव थियो।
भारतीय समाजको ठूलो हिस्सा धर्म परिवर्तन गरेर मुस्लिम बनेको थियो। भारतका मुस्लिममाथि दमन भएको खण्डमा तत्कालीन मुस्लिम महाशक्ति अटोमन साम्राज्य र पुरै मुस्लिम विश्व पश्चिमा शक्तिहरु विरुद्ध जाइ लाग्न सक्थे। सानो गल्तीले गर्दा बेलायती साम्राज्य त्यति बेलै ढल्न सक्थ्यो।
पश्चिमाहरुलाई जसरी पनि चीन र भारत बीचको सांस्कृतिक सम्बन्ध टुटाउनु थियो। चीन वा भारतको प्रत्यक्ष इसाइकरण गरेर यो सम्बन्ध टुटाउन असम्भव भएपछि उनीहरुले अर्को जुक्तिको प्रयोग गरे।
अब पश्चिमाहरुले मानवशास्त्रका नाममा विभिन्न सिद्धान्तहरुको निर्माण गर्दै पश्चिमा र भारतबीच पुरानो सम्बन्ध रहेको भनेर प्रचार गरे। उत्तर भारतका मानिस ( आर्य) हरु ककेसियन प्रजातिको एउटा साखा भएको दाबी गरे।
भारतीय आर्यहरु ३५०० वर्ष अगाडि मात्रै ककेसियाको क्षेत्रबाट इरान हुँदै भारत पुगेका हुन् भने। यो “आर्य माइग्रेसन” को सिद्धान्तलाई नेपालमा त अझैसम्म पनि शाश्वत सत्यको रूपमा स्विकारिन्छ। केही भारतीय विद्वानहरुले यो षड्यन्त्र हो भनेर बुझिसकेका छन्।
पश्चिमाको यहीँ डिजाइन अन्तर्गत हिटलरले जर्मन जाति खाटी आर्य हुन्।भारतीयहरु चाहिँ रगत बिग्रेका आर्य हुन् भन्यो। उसले हिन्दुहरुको स्वस्तिक चिन्हकोसमेत प्रयोग गर्यो। पश्चिमाहरुले भारत र चीनबीचको हजारौं वर्ष पुरानो सम्बन्ध तोड्न डिएनएको साइनो नै केलाए।
पश्चिमाहरुले भारतीयहरुसँग डिएनएको साइनो त केलाए केलाए। उनीहरुले भाषिक र सांस्कृतिक सम्बन्ध पनि गासे। पश्चिमा विद्वानहरुले अंग्रेजलगायत अरु युरोपेली भाषा र भारतमा प्रयोग हुने संस्कृत, हिन्दु र भारतीय उपमहाद्विपमा प्रयोग हुने भाषाहरु एउटै भाषिक परिवारका हुन् भनेर दाबी गरे। अहिलेसम्म पश्चिमाहरुले निर्माण र प्रयोग गरेको यो सिद्धान्त सर्वमान्य छ।
पश्चिमाहरुले विभिन्न कारणले भारतीय समाजलाई प्रत्यक्ष धर्मान्तरण गरेर इसाइ बनाउन सकेनन्। प्रत्यक्ष धर्मान्तरण बाहेक अरु योजना सफल बनाएका पश्चिमाहरुले भारतीय हिन्दुहरुसँग धर्मको सम्बन्ध पनि जोडिसकेका छन्।
अहिले कृष्ण र येशु एउटै हुन् वा येशु कृष्णका चेला थिए भनेर केही हिन्दुहरु आफैं प्रचार गर्दैछन्। ओशोमार्गीहरुले त येशुलाई पनि बुद्धत्व प्राप्त गरेका महा मानव हुन् भनेर स्वीकारिसकेका छन्। हिन्दु साथीहरुले भने अनुसार केही हिन्दु पन्थीहरुले त भगवत गितालाई तोडमोड गरेर सेमी बाइबल बनाइसके। पश्चिमाहरुले इसाइ र हिन्दु धर्म एक अर्काका एन्टी थेसिस होइनन् भनेर प्रमाणित गर्न हरेक तिकडम र रणनितिको प्रयोग गरिरहेका छन्।
यसरी पश्चिमाहरुले भारतीय हिन्दुहरुसँग बिना अधारको सांस्कृतिक सम्बन्ध पनि गासिसके। यति गरिसकेपछि सांस्कृतिक रुपमा भारत चीनसँग होइन पश्चिमासँग नजिक हुने भयो।
पश्चिमाहरुले माथि उल्लेखित यावत रणनीतिको प्रयोग गर्नुको एउटै उद्देश्य हो, भारतलाई स्थायी गुलाम बनाएर चीनको विरुद्ध प्रयोग गर्ने। एसियाको पुनराेदयलाई रोक्ने र विश्वभर सधैंको निम्ति श्वेत साम्राज्यवाद कायम राख्ने।
Facebook Comment