राकेश झुनझुनवालाको आकाश एयरलाइन्समा अचानक पाइलटहरूको राजीनामा

डिसी नेपाल
३ असोज २०८० १६:३७

काठमाडौं । स्वर्गीय लगानीकर्ता र सेयर बजारको बिग बुल भनेर चिनिने राकेश झुनझुनवालाले लगानी गरेको एयरलाइन्स आकाश एयरलाइन्समा संकट गहिरिएको छ ।

यो निजी क्षेत्रको उड्डयन कम्पनीका ४३ पाइलटले अचानक राजीनामा दिएका छन् र एयरलाइन्सले आफैंले यो जानकारी दिल्ली उच्च अदालतलाई दिएको छ। यी पाइलटको राजीनामाका कारण कम्पनी समस्यामा छ र बन्द पनि हुनसक्छ !

आकाश एयरलाइन्सको पक्ष प्रस्तुत गर्दै वकिलले अचानक राजीनामा दिएर कम्पनी छाडेका पाइलटमध्ये पहिलो अफिसर वा कप्तानले सूचना अवधि पालना नगरेको तर्क गरे । यी पदहरूको लागि सूचना अवधि क्रमशः ६ महिना र एक वर्ष थियो। पाइलटको एक्कासी प्रस्थानका कारण सेप्टेम्बर महिनामा वायुसेवा कम्पनीले दैनिक २४ वटा उडान रद्द गर्नुपरेको र यसले कम्पनीलाई ठूलो घाटा बेहोर्नुपरेको छ ।

कम्पनीले अगष्ट महिनामा करिब ६ सय उडान रद्द गरिसकेको र पाइलटले यसरी नै उडान छाड्ने हो भने सेप्टेम्बरमा पनि ६ सयदेखि ७ सय उडान रद्द गर्नुपर्ने हुन सक्ने कम्पनीले जनाएको छ । अकाश एयरले विभिन्न हवाई रुटमा दैनिक करिब १२० उडान गर्दै आएको उल्लेख छ । कुनै पाइलटले अचानक कम्पनी छाडेको अवस्थामा तुरुन्तै सट्टामा खटाउन गाह्रो हुने वकिलको तर्क थियो ।

आकाश एयरमा जारी संकटको बीचमा एयरलाइन्सका सीईओ विनय दुबेले बुधबार जब पाइलटहरूको सानो समूहले आफ्नो कर्तव्य त्यागेर अनिवार्य सूचना अवधि पूरा नगरी छाडे यसले जुलाई र सेप्टेम्बर बीचको उडानमा अवरोध सिर्जना गर्‍यो, जसका कारण अन्तिम समयमा उडानहरू रद्द गर्नुपरेको बताए ।

एयरलाइन्सले अदालतलाई अनिवार्य सूचना अवधि नियमहरू लागू गर्नको लागि उड्डयन नियामक महानिदेशालय (डीजीसीए) लाई अधिकार दिन पनि आग्रह गरेको छ। आकाश एयरका यी पाइलटहरू प्रतिद्वन्द्वी एयरलाइन्समा आबद्ध भएकाले सूचना पूरा नगरी हतारमा छाडेको प्रतिवेदनमा दाबी गरिएको छ । एयरलाइन्सका अधिकारीहरूले यसलाई चिन्ताजनक र अनैतिक भनेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *