शिक्षकले कुट्दा बालिकाको टाउको फुटेर दिमाग बाहिर निस्कियो, आइसीयुमा मृत्युसँग लड्दै
काठमाडौं । यतिबेला एक ९ वर्षीया बालिकासँग भएको घटना विश्वभर चर्चामा छ । उनी चीनमा बस्छिन् । हाल अस्पतालमा भर्ना छिन् । शिक्षकले उनलाई यति कुटपिट गरे कि उनको मस्तिष्क उनको खोपडीबाट बाहिर निस्कियो ।
९ वर्षीया बालिकालाई अस्पताल लगियो । उनको टाउकोमा यति धेरै घाउ थिए कि कल्पना पनि गर्न सकिन्न । उनलाई शिक्षकले धातुको स्केलले कुटपिट गरेको आरोप छ । टाउकोमा यति धेरै पटक प्रहार भयो कि मस्तिष्क लगभग बाहिर निस्कियो। हड्डी खोपडी भित्र पसेको थियो । यो घटना चीनको हुनान प्रान्तको हो ।
यहाँको बोकाई मेक्सीहु प्राथमिक विद्यालयका शिक्षकलाई स्थानीय प्रहरीले पक्राउ गरेको छ । उनले बालिकाको टाउकोमा यति धेरै प्रहार गरे कि ५ सेन्टिमिटर गहिरो घाउ भयो जसका कारण बालिकाको टाउकोमा नराम्ररी चोट लागेको थियो । उनलाई किन यति नराम्ररी कुटपिट गरियो भन्ने जानकारी भने आउन सकेको छैन । यो घटना ६ सेप्टेम्बरको हो ।
शिक्षकको पहिचान सोङ मोमिङका रुपमा भएको छ । बालिकाको अवस्था बिग्रिएपछि उनलाई विद्यालयमा उपस्थित चिकित्सककहाँ लगियो । विद्यालयले यसलाई सामान्य चोटका रूपमा वर्णन गर्दै टाँका मात्र आवश्यक रहेको बताएको थियो । तर बालिकाको अवस्था बिग्रँदै गएको देखेर विद्यालयका कर्मचारीले उनलाई अस्पताल लगेका थिए ।
जाँच गर्दा खोपडीमा हड्डी भाँचिएको पाइएको थियो । उनको हड्डी भाँचिएको थियो र तत्काल शल्यक्रिया आवश्यक थियो। अपरेशन केही घण्टासम्म जारी रह्यो। सुरुमा चिकित्सकले शल्यक्रिया गर्न अस्वीकार गरेका थिए । अभिभावकको अनुमति नहुँदा यस्तो भएको हो ।
पछि उनका अभिभावकलाई खबर गरियो । स्कुलका डाक्टर सँगै आएको उनको आमाले बताइन् । उनले अस्पतालका डाक्टरलाई टाँका मात्र लगाउन भनेकी थिइन् तर जाँच गर्दा भाँचिएको पाइयो । पीडित बालिकाका बुवाले आफ्नी छोरी अझै आईसीयूमा रहेको बताए ।
त्यसपछि विद्यालयबाट परिवारसँग सम्पर्क हुन सकेन । उनले भने, ‘विद्यालयबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । अब के सोच्ने मलाई थाहा छैन, तर म मेरो छोरीलाई बचाउन चाहन्छु। विद्यालयले प्रहरी अनुसन्धानमा सहयोग गर्ने बताएको छ ।’
Facebook Comment