एकीकरणको रणनीतिक उद्देश्य

खगेन्द्रराज सिटौला
५ असोज २०८० १२:१४

पृथ्वीनारायणको उद्देश्य केवल गोरखा राज्यलाई विस्तार गर्ने थिएन। ठूलो राज्यको राजा मात्रै हुने पनि थिएन। आ—आप्mना कुलधर्म जोगिएको असली हिन्दुस्थान जोगाउने उनको अहम् रणनीति थियो।

उनको मूल उद्देश्य असंगठित छरिएका टुक्रे राज्यहरुलाई संगठित गरेर विशाल बलियो राज्य बनाउने थियो। त्यही बलियो राज्यको तागतले धर्म, संस्कृति सभ्यता जोगाउने।

उनलाई थाहा थियो यदि टुक्रिएका राज्यहरुलाई संगठित गर्न सकिएन भने भारतलाई निल्दै आएको अंग्रेज शक्तिले सजिलै साना साना टुक्रे राज्यहरुलाई पालो पालो कब्जामा लिदै सिङ्गो नेपाललाई कब्जामा लिन्छ। यदि उसले नेपाल लियो भने न आप्mनो सभ्यता बचाउन सकिन्छ न धर्म र संस्कृति नै जोगाउन सकिन्छ।

केही मान्छेहरु पृथ्वीनारायणले नेपाल एकीकरण गरेको होइन भूगोल मात्र जोडेको हो भनेर एकीकरणलाई हाच्याउने, अनादर गर्ने वा अवमूल्यन गर्ने गर्दछन्। भूगोल त जोड्नै पर्दैन आफै जोडिएको हुन्छ। एकीकरण भनेको राजनीति सीमा भत्काएर जनताको भावना जोड्ने हो।

पृथ्वीनारायणले त्यही जोडे। जनताको भावना जोडेपछि सानो भूगोललाई मेरो भूगोल भन्नेलाई ठूलो भूगोललाई मेरो भूगोल भन्ने बनाए। एकीकरण पनि यही हो, जनताको भावना जोडेको पनि यही हो, र भूगोल जोडेको पनि यही हो। राष्ट्रियता जोडेको पनि यही हो।

पृथ्वीनारायणले वैदिक सनातनी, बौद्ध, किराँत आदिको पवित्र बुद्धको जन्मभूभि असली हिन्दुस्थानलाई ध्वस्त कसैले पार्नसक्छ भने क्रिस्चियन साम्रज्यवादीहरुले नै पार्नसक्छ भन्ने विश्लेशण भएकोले उनले क्रिश्चियन पादरी सहित उनका चेलाचपेटालाई निस्कासन गरेको प्रकरणले पनि उनको रणनीति ठूलो राज्यको राजा हुने मात्र नभएर सनातनी रैथाने धर्मको केन्द्र बनाउने र यसलाई जोगाउने नै थियो भन्ने प्रमाणित हुन्छ।

पृथ्वीनारायण शाहको एकीकरणमा स्पस्ट रणनीतिक उद्देश्य थियो भन्ने तल उनले रामकृष्ण प्रसाईलाई लेखेको उत्तर पत्रले पनि प्रमाणित हुन्छ। “गोर्खा भन्नु र नेपाल भन्नु उनै गोरखनाथ हुन् फिरंगी भनेको ब्वाँसो हो।जयप्रकाशले यो मुलुक खाया पनि मैले खाया पनि उस्तै कुरो हो। तर फिरंगी भनेको अर्कै हो। उसले जित्यो भने हामी कसैले पनि बाँच्नु पर्दैन।”

रामकृष्ण प्रसाई जयप्रकाश मल्लका पक्षधर भएपनि उनले अंग्रेज सेनालाई बोलाएको मन नपराएर पृथ्वीनारायण शाहलाई साथ दिने विचार गरेर म कसरी सहयोग गरौं सिन्धुलीमा अंग्रेजलाई लखेट्न भनेर चिठी पठाएका थिए। त्यसैको जवाफमा पृथ्वीनारायणले उपरोक्त कुरा लेखेका थिए।

पृथ्वीनारायणको उक्त भनाइमा उनको रणनीतिको सार बोलेको छ किन नेपाल एकीकरण गर्नु आवश्यक छ भनेर। पूर्वीय सभ्याताको केन्द्र अथवा आध्यात्मिक केन्द्र जो असंगठित भएको छ टुक्रिएको छ विभाजित अनेक राज्यमा छ त्यसलाई जोडेर यो सनातनी सभ्यता र शक्तिलाई जोगाउने उनको रणनीति देखिन्छ।

पृथ्वीनारायणको उद्देश्य ठूलो राज्यको राजा मात्र हुने देखिँदैन। जयप्रकाश मल्लले खाए पनि मैलै खाए पनि एउटै हो, गोर्खा भन्नु र नेपाल भन्नु उनै गोरखनाथ हुन् भन्नुले यही रणनीति बोल्छ। हामी एक हौं फिरंगी भनेको अर्कै हो ब्वाँसो हो उसले जित्यो भने न हामी बाँच्न सक्छौं न हाम्रो सभ्यता नै बच्न सक्छ भन्ने पृथ्वीनारायणको स्पस्ट र दूरदर्शी मूल्यांकन यथार्थमा आधारित छ।

यही यथार्थमाथि उभिएर नै उनले नेपाल जोड्ने र पूर्वीय आध्यात्मिक भनौ वैदिक, सनातनी, सभ्यतालाई जोगाउने मूल रणनीति बनाएको देखिएको छ।

उनले मुगलहरुले आक्रमण गरेर हिन्दु राजाहरुको राज्य मात्र खोसेनन् धर्मलाई पनि जबरजस्ती धर्मान्तरण गराएर क्षतविक्षत गराएको भारतलाई नजिकैबाट देखेका थिए।

अंग्रेजबाट पनि त्यही खतारालाई नजिकबाट देखेर यो नबिटुलिएको नेपाललाई कसरी जोगाउने भनेर उनको छटपटी देखिन्छ। यही छटपटीको हतारको अभिव्यक्ति नै उनको एकीकरण र रणनीतिलाई बुझ्न सकिन्छ।

यही रणनीति उद्देश्यमाथि आघात पुर्‍याउन आ-आफ्ना रणनीतिक स्वार्थ र उदेश्य बोकेर नेपालमा आक्रमण गर्न आएका अंग्रेज तथा मुगलहरुको आक्रमणलाई पृथ्वीनारायण शाहले पराजित गरेर लखेट्नु पनि उनको यही रणनीिितक स्वार्थको खातिर थियो। यसमा पृथ्वीनारायण शाह सफल पनि भए।

यदि पृथ्वीनारायण शाह यसमा असफल भएका भए उनको रणनीति पनि असफल हुने थियो। मिरकासिम सफल भएको भए नेपाललाई इस्लामिक राज्यमा रुपान्तरण गर्न सक्थो भने अंग्रेज सफल भएको भए क्रिश्चियन राज्यमा रुपान्तरण गर्न सक्थ्यो।

तर पृथ्वीनारायणले दुबैलाई असफल बनाएर वैदिक सनातनी सभ्यतालाई बचाउन सफल भए। यो पृथ्वीनारायण शाहको मूल रणनीतिक स्वार्थको महत्वपूर्ण सफलता र विजय हो।

पृथ्वीनारायण शाहले अनेक हिन्दु तथा सनातनी राज्यहरुलाई जोडेर एउटा शक्तिशाली विशाल राज्यमा रुपान्तरण गरिसकेपछि यसको महिमा र चरित्र अथ्र्याउदै यसलाई उनले असली हिन्दुस्थाना भएको निष्कर्ष निकालेका थिए।

यसलाई जोगाउने अनिवार्य शर्त भनेको उनले आ-आफ्ना कुलधर्म नछोड्नुलाई देखेर नै उनले आ–आप्mना कुलधर्म नछोड्नु भन्ने निर्देशन विचार अघि सारेका थिए।

पृथ्वीनारायणले असली हिन्दुस्थानको जग र शक्ति सबैका कुलधर्मलाई देखे। कुलधर्मबाट च्युत भए भने पृथ्वीनारायणको पूर्वीय सभ्यताको केन्द्र नेपाललाई जोगाउने रणनीतिमा धक्का लाग्छ भन्ने उनले बुझेका थिए।

पृथ्वीनारायणले वैदिक सनातनी, बौद्ध, किराँत आदिको पवित्र बुद्धको जन्मभूभि असली हिन्दुस्थानलाई ध्वस्त कसैले पार्नसक्छ भने क्रिस्चियन साम्रज्यवादीहरुले नै पार्नसक्छ भन्ने विश्लेशण भएकोले उनले क्रिश्चियन पादरी सहित उनका चेलाचपेटालाई निस्कासन गरेको प्रकरणले पनि उनको रणनीति ठूलो राज्यको राजा हुने मात्र नभएर सनातनी रैथाने धर्मको केन्द्र बनाउने र यसलाई जोगाउने नै थियो भन्ने प्रमाणित हुन्छ।

पृथ्वीनारायणले क्रिश्चयन धर्मको आवरणमा एकीकरणलाई भत्काउने षडयन्त्रमा पादरीहरु संलग्न भएको थाहा पाए पछि उनले पादरीहरु सहित उनका चेलाचपेटाहरुलाई देश निकाला गरेका थिए।

स्वभाविक हो पूर्वीय सभ्यताको केन्द्र जोगाउन ठूलो बलियो राज्य चाहिन्छ र त्यो राज्य जोगाउन बलियो शक्तिशाली बलियो नेतृत्व दिने लोकप्रिय शक्तिशाली राजा चाहिन्छ भन्ने उनको निष्कर्ष देखिन्छ।

पृथ्वीनारायणको नेपाल एकीकरणलाई बुझ्न उनको रणनीतिलाई ठिक ढंले बुझ्नु पर्दछ। यो बुझ्न सकेमा नेपाल,नेपाल एकीकरण र पृथ्वीनारायणलाई सही किसिमले बुझ्न सकिन्छ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको रणनीति नेपालको रणनीति हो। पृथ्वीनारायणको शक्ति नेपालको शक्ति हो। अन्य रैथाने धर्महरुलाई साथमा लिएर अघि बढ्न सकेमा पृथ्वीनारायणले देखेको असली हिन्दुस्थाना नेपालको शक्ति हो।

तसर्थ किरात, जैन, सिख, बौद्ध आदि रैथाने धर्मावलम्बीहरु र अन्य इस्लाम र क्रिश्चियन आस्थाका समेत रहेको पूर्ण धार्मिक स्वतन्त्रतालाई सुनिश्चित गरिएको बुद्ध जन्मूभूमि हिन्दुराज्य नेपाल नेपालको आध्यात्मिक तथा धार्मिक पहिचान र परिचय हुनेछ भनेर संविधानमा लेखेमा पृथ्वीनारायण शाहको रणनीतिलाई सम्मान गरेको मानिने छ। हामीले हाम्रो शक्ति र पहिचानलाई चिन्न सक्नुपर्दछ।

यही चिन्न नसकेर वा चिनेर पनि अन्य प्रभावमा परेर पृथ्वीनाराणको रणनीतिलाई उल्ट्याउनलाई बाह्य रणनीतिलाई सेवा दिन दलहरुले भनौ दलका नेताहरुले नेपाललाई धर्म निरपेक्ष राज्य बनाएका हुन्।

पश्चिमा शक्तिको रणनीतिक स्वार्थको एउटा हतियार हो धर्मनिरपेक्ष राज्य। धर्म निरपेक्ष मार्फत क्रिश्चियनकरण गर्ने उनीहरुको षडयन्त्रलाई परास्त गर्ने हतियार भनेको नै पृथ्वीनारायणको इतिहास र विचार हो।

यो हतियारलाई नेपली जनताहरुले थाहा नपाउन् भनेर पश्चिमाहरुले नेपालका राजनीति दलहरु, नेताहरु, लेखकहरु, पत्रकारहरु आदिमा ठूलै लगानी गरेर पृथ्वीनारायणमाथि अनेक किसिमले प्रहार गराएका छन्।

नेपाली युवाहरुले पृथ्वीनारायण र नेपालको गरिमापूर्ण इतिहास थाहा नपाउन् भनेर विद्यार्थीहरुलाई इतिहास पढ्नबाट निरुत्साहित गरिएका छन्। पाठ्यक्रम त्यस्तै किसिमले तयार गराएका छन्।

पृथ्वीनारायणलाई प्रहार गर्नु भनेको नेपाल र नेपालको जगलाई प्रहार गर्नु हो। उनको नेपाल जोगाउने र जगाउने रणनीतिलाई प्रहार गर्नु हो। किरात राजा यलम्बर, लिच्छवी राजाहरु अंशुवर्मा, मानदेव र मल्ल राजा यक्ष मल्ल आदिहरुले उठाएको विशाल नेपालको गरिमा र एकीकरणलाई प्रहार गर्नु हो।

किनभने यी सबै राजाहरुको पदचिन्ह पच्छ्याउँदै उनीहरुको छिन्नभिन्न भएको विशाल नेपाललाई पृथ्वीनारायण शाहले मात्र पुर्नएकीकरण गरेका हुन्। पृथ्वीनारायण यी सबैका विरासत हुन् । सबैलाई चेतना भया।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *