क्यानडासँग भारत विरुद्ध कस्ता प्रमाणहरू छन् ?

डिसी नेपाल
६ असोज २०८० १०:५९

काठमाडौं । यस हप्ताको सुरुमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडासँग हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारका एजेन्टहरू संलग्न हुनसक्ने विश्वसनीय प्रमाणहरू रहेको आरोप लगाएका थिए।

भारत सरकारले यो आरोपलाई ‘आधारहीन’ र ‘राजनीतिक रूपमा प्रेरित’ भन्दै खण्डन गरेको छ।

जब जस्टिन ट्रुडोले सोमबार हाउस अफ कमन्समा भारतलाई आरोप लगाउँदै यो कुरा भनेका थिए, उनले त्यतिबेला क्यानाडा सरकारसँग भारतविरुद्ध कस्तो प्रमाण छ भन्ने कुरा भनेनन्।

क्यानाडाली सार्वजनिक प्रसारक सीबीसी न्यूजको एक रिपोर्टमा क्यानडा सरकारले निज्जरको मृत्युको बारेमा आफ्नो महिनौं लामो अनुसन्धानमा ‘ह्युमन र सिग्नल’ दुवै खुफिया जानकारीहरू सङ्कलन गरेको भनिएको छ।

प्रतिवेदनका अनुसार खुफिया जानकारीमा भारतीय अधिकारीहरुको कुराकानी रहेको छ । क्यानडामा रहेका भारतीय कूटनीतिज्ञहरुको कुराकानी पनि प्रमाणका रुपमा क्यानडा सरकारसँग रहेको छ ।

सीबीसी रिपोर्टका अनुसार यो खुफिया क्यानडाले मात्र संकलन गरेको होइन। फाइभ आइजको सहयोगीले पनि खुफिया जानकारी प्रदान गरे।

तर, बिहीबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले क्यानडाले भारतलाई कुनै प्रमाण नदिएको बताएका थिए ।

यसपछि न्युयोर्कमा पत्रकार सम्मेलनको क्रममा जस्टिन ट्रुडोलाई प्रमाणका बारेमा प्रश्न सोध्दा उनले क्यानडासँग कस्तो प्रमाण छ भन्ने बारेमा कुनै जानकारी दिएनन् ।

समाचार एजेन्सी एपीले पनि यस्तै रिपोर्ट गरेको छ।

एपीले क्यानाडाली अधिकारीलाई उद्धृत गर्दै निज्जरको हत्यामा भारतको संलग्नताको आरोप मानव र निगरानी गुप्तचरमा आधारित रहेको भनेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *