क्यानडामा भएको हत्यामा भारत संलग्न रहेको खुफिया जानकारी अमेरिकाले दिएको थियो
काठमाडौं । खालिस्तानी नेता निज्जरको हत्यापछि अमेरिकाको जासुसी एजेन्सीले यस केससँग सम्बन्धित जानकारी क्यानडासँग साझा गरेको थियो । न्युयोर्क टाइम्सले यस मुद्दासँग सम्बन्धित अधिकारीहरूलाई उद्धृत गर्दै यो जानकारी दिएको हो। तर, भारतमाथि आरोप लगाउँदै आएको क्यानडाले उद्धृत गरेको खुफिया जानकारी उसैले संकलन गरेको पनि रिपोर्टमा उल्लेख छ ।
न्युयोर्क टाइम्सका अनुसार निज्जरको हत्यापछि अमेरिकी गुप्तचर एजेन्सीहरूले क्यानडालाई गुप्तचर सङ्कलन गर्न मद्दत गरेका थिए। त्यसैको आधारमा क्यानडाले भारत संलग्न रहेको निष्कर्ष निकाल्न सफल भयो । तर, क्यानडाले आफैंले भारतीय कूटनीतिज्ञको सञ्चार विवरणको अनुगमन गरेको थियो र उनीहरुको सञ्चार विवरण पनि पत्ता लगाएको थियो जसका आधारमा निज्जरको हत्यामा भारतीय एजेन्टको संलग्नता रहेको आरोप लागेको थियो ।
अधिकारीहरूले न्युयोर्क टाइम्सलाई भनेअनुसार अमेरिकालाई निज्जरको हत्या गर्ने षडयन्त्र वा उसको मृत्यु नहुँदासम्म यसमा भारतको हस्तक्षेपबारे कुनै जानकारी थिएन। एक अधिकारीले नाम न छाप्ने सर्तमा क्यानडाले निज्जरलाई खतराबारे चेतावनी दिएको बताए। तर, त्यतिबेला भारत सरकारको संलग्नताबारे केही भनिएको थिएन ।
फाइभ आइज गठबन्धनको भागको रूपमा अमेरिका र क्यानडा बीच खुफिया जानकारी साझेदारी हुन्छ। तर हत्याको बारेमा जानकारी विशेष रूपमा गुप्तचर एजेन्सीहरूले उनीहरूको प्याकेजहरूमा साझा गरेका थिए। यसअघि शनिबार क्यानाडाली मिडिया सीटीभी न्यूजले क्यानडाका लागि अमेरिकी राजदूत डेभिड कोहेनले निज्जरको हत्यामा फाइभ आइज देशले संयुक्त रूपमा गुप्तचर जानकारी सङ्कलन गरेको पुष्टि गरेको बताएको थियो।
निज्जरको हत्यामा भारत सरकारको सम्भावित संलग्नताका सम्बन्धमा फाइभ आइज साझेदारहरूबीच गुप्तचर आदानप्रदान भएको बताएका थिए। यो जानकारी पाएपछि मात्र ट्रुडोले आफ्नो संसदमा भारतमाथि आरोप लगाए । जहाँ अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भनेका थिए– निज्जरको हत्याको अनुसन्धानमा भारतले क्यानडालाई सहयोग गर्नेछ भन्ने आशा राखेका छौं ।
समाचार एजेन्सी एएफपीका अनुसार ब्लिन्केनले अमेरिकाको भारतसँग न्यानो सम्बन्ध रहेको र क्यानडा उसको नजिकको सहयोगी भएकाले अमेरिका दुवैको सम्पर्कमा रहेको बताएका थिए ।
Facebook Comment