गुल्मीमा माटोको ढिस्कोले पुर्दा किशोरको मृत्यु

डिसी नेपाल
८ असोज २०८० २०:४१

गुल्मी । गुल्मीमा माटोको ढिस्कोले पुर्दा वर्षीय किशोरको मृत्यु भएको छ । रेसुङगा नगरपालिका वडा नम्बर ३ भाडगाउँमा शेरबहादुर बेलबासेको निर्माणाधीन घरमा माथिबाट पहिरो खस्दा काम गर्न बसेका मजदुर प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर ३ का १७ वर्षीय डोरबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

मृतकको शव पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको र पोष्टमार्टम पश्चात् आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।  सोही  पहिरोमा परी घरधनी ७९ वर्षीय शेरबहादुर बेलबासे र प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर ३ का २४ वर्षीय टेकबहादुर घर्ती घाइते भएका छन्।

घाइतेहरुको  गुल्मी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ। प्रहरीले घटनाका बारेमा थप अनुसन्धान थालेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *