क्यानडामा भारतीय वाणिज्य दूतावास बाहिर खालिस्तान समर्थकहरूले जुलुस निकाले
काठमाडौं । क्यानाडाली सार्वजनिक प्रसारक सीबीसीका अनुसार खलिस्तान समर्थक नेता हरदीप सिंह निज्जरको हत्यालाई लिएर सोमबार क्यानडाको भ्यानकुभरस्थित भारतीय महावाणिज्य दूतावास बाहिर विरोध प्रदर्शन गरिएको थियो।
सीबीसीका अनुसार खलिस्तानको समर्थन र भारतको विरोधमा निकालिएको उक्त र्यालीमा ७५ जनाले भाग लिएका थिए ।
क्यानडा र खालिस्तानको झण्डा फहराउँदै प्रदर्शनकारीहरू भारत सरकारविरुद्ध नाराबाजी गर्दै साइनबोर्डसहित आएका थिए ।
सीबीसीका अनुसार भ्यानकुभर पुलिसले भारी पुलिस उपस्थितिको बीचमा भएको प्रदर्शनको प्रतिक्रियामा होवे स्ट्रीटको ३०० ब्लक बन्द गर्यो।
अमेरिकास्थित खालिस्तान समर्थक समूह सिख फर जस्टिसले उक्त विरोध प्रदर्शन गरेको थियो। सिख फर जस्टिसका अध्यक्ष तथा खालिस्तान समर्थक नेता गुरपतवन्त सिंह पन्नु पनि भ्यानकुभर पुगेका थिए ।
गत हप्ता क्यानडाको संसदमा प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतलाई आरोप लगाउदै खालिस्तान समर्थक नेता हरदीप सिंह निज्जरको हत्यामा भारतीय एजेन्ट संलग्न हुनसक्ने बताएका थिए ।
भारतले क्यानडाका यी आरोपहरूलाई स्पष्ट रूपमा अस्वीकार गरेको छ र तिनीहरूलाई आधारहीन र राजनीति प्रेरित आरोपको संज्ञा दिएको छ।
क्यानडाले अहिलेसम्म आफ्नो आरोपको समर्थनमा कुनै प्रमाण प्रदान गरेको छैन। ट्रुडोको यो आरोपपछि भारत र क्यानडाबीच कूटनीतिक विवाद उत्पन्न भएको थियो । दुवै देशले एक एक कूटनीतिज्ञलाई देश निकाला गरेका छन् ।
क्यानडाको भिसा सेन्टरमा काम गर्ने कर्मचारीको सुरक्षाको कारण देखाउँदै भारतीय विदेश मन्त्रालयले हाल क्यानडामा भिसा सेवा बन्द गरेको छ ।
Facebook Comment