शब्दकोशबाट ‘ॐ’ हटाउन लागिएको भन्दै नेविसंघको मशाल जुलुस

डिसी नेपाल
९ असोज २०८० १९:३४

काठमाडौं । नेपाली शब्दकोशबाट ‘ॐ’ अक्षर हटाउन लागिएको भन्दै नेविसंघले काठमाडौंमा मशाल जुलुस प्रदर्शन गरेको छ ।

‘ॐ’ अक्षर हटाउन खोजिएको भन्दै मंगलबार काठमाडौंको प्रदर्शनीमार्गस्थीत आरआर क्याम्पस अघि नेविसंघमा आवद्ध विद्यार्थीहरुले मशाल जुलुस प्रदर्शन गरेका हुन् । सो क्रममा प्रहरीले हस्तक्षेप गरेर मशाल खोसेको थियो ।

प्रदर्शनमा सहभागी विद्यार्थीहरुले उनीहरुले धर्म परिवर्तन बन्द गर, धर्म मास्न पाइदैन, ‘ॐ’ अक्षर हटाउन पाइदैन, डलरवादी होसीयार, हिन्दु राष्ट्र कायम गर लगायतका नारा लगाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *