हरित क्रान्तिका जनक, कृषि वैज्ञानिक एमएस स्वामिनाथनको निधन

डिसी नेपाल
११ असोज २०८० १५:२१

काठमाडौं । भारतको हरित क्रान्तिमा महत्वपूर्ण भूमिका खेल्ने डा. एमएस स्वामिनाथनको बिहीबार निधन भएको छ । उनलाई भारतको हरित क्रान्तिको जनक मानिन्थ्यो ।

९८ वर्षीय स्वामिनाथनले भारतका न्यून आय भएका किसानहरूलाई बढी धान उत्पादन गर्न सम्भव बनाउन धानका उच्च उत्पादन हुने प्रजातिहरू विकास गर्नमा प्रमुख भूमिका खेलेका थिए।

डा. स्वामीनाथनले दुई केन्द्रीय कृषि मन्त्रीहरू, सी. सुब्रमण्यम (१९६४-६७) र जगजीवन राम (१९६७-७० र १९७४-७७) सँग देशमा ‘हरित क्रान्ति’ ल्याउनका लागि नजिकबाट काम गरे।

यो क्रान्तिले देशमा धान र गहुँको उत्पादनमा उल्लेख्य वृद्धि गरेको थियो । समाचार एजेन्सी एएनआईका अनुसार एमएस स्वामिनाथनले चेन्नईमा अन्तिम सास लिए। प्रधानमन्त्री नरेन्द्र मोदीले एमएस स्वामिनाथनको निधनमा शोक व्यक्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *