४०० वटा कारका मालिक हुन् यी हजाम, रोल्स रोयस चढेर कपाल का्ने काममा जान्छन्
काठमाडौं । बेंगलुरुमा एक कपाल काट्ने हजाम छन् जससँग ४०० कारहरू छन्। उनी रोल्स रोयसमा आफ्नो सैलुन जानछिन्। रमेश बाबु नामका यी हजामका बुबा पी गोपाल बेंगलुरुमा सैलुन मालिक थिए। रमेश ७ वर्षको हुँदा उनका बुवाको निधन भएपछि रमेशले सैलुनको जिम्मा लिएका थिए ।
रमेश १२ कक्षामा फेल भएका थिए । पारिवारिक अवस्था कमजोर भएकाले १६ वर्षको उमेरमा काम गर्न थाले । आज रमेश बाबुको नाम देशका धनी हजामको सूचीमा आउँछ। उनी ३.५ करोडको कारमा मानिसको कपाल काट्न आफ्नो सैलुनमा जान्छन् ।
रमेशका अनुसार मानिसको कपाल काट्नु नै उनको मुख्य काम हो । रमेश रोल्स रोयस जस्ता लक्जरी कारमा सैलुनमा आए पनि कपाल काट्न रु १५० मात्रै लिन्छन् । यति धनी भए पनि रमेश बाबु एकदमै सादा जीवनशैली बिताउँछन् । आज पनि उनी सादा रहनसहन र खानपानमा विश्वास गर्छन् ।
रमेश बाबुले अन्तर्वार्तामा भनेका थिए, ‘जति पैसा कमाए पनि बाल्यकालदेखि देखेको संघर्ष म कहिल्यै बिर्सन सक्दिनँ । पैसा पाए पनि म सधैं सरल रहनेछु।’ रमेश बाबु लक्जरी कारका शौकीन रहेकाले ३० वर्षभन्दा बढी समयदेखि महँगो कार सङ्कलन गर्दै आएका छन् ।
रमेश बाबुसँग रोल्स रोयस घोस्ट, ११ मर्सिडीज बेन्ज, १० बीएमडब्लू, ३ ओडी र २ वटा जगुआर सहित ४ सय गाडी छन् । तीमध्ये १२० भन्दा बढी लक्जरी गाडी छन् । उनको कार भाडामा दिने व्यवसाय पनि छ र उनले ती कारहरू भाडामा दिन्छन् । उनले रोल्स रोयस प्रति दिन ५० हजार भाडामा दिने गरेका छन् ।
रमेश बाबुले एक अन्तर्वार्तामा भने, ‘मैले १६ वर्षको उमेरमा काम गर्न थालेको थिएँ । म जनताको घरघरमा दूध र पत्रपत्रिका पुर्याउने गर्थें । त्यतिबेला महिनामा सय रुपैया पाउँथे । १८ वर्षको उमेरमा मैले मेरो बुबाको सैलुनको काम हातमा लिएँ। मेरो सैलुनमा यति धेरै मानिसहरु आउनुहुन्थ्यो कि म बिहानदेखि राति २ बजेसम्म काम गर्थें ।
उनले व्यक्तिगत प्रयोगको लागि १९९३ मा ऋणमा कार किनेका थिए। २–३ महिना बितिसक्दा पनि ऋण तिर्न पैसा हुटाउन सकेका थिएनन् । रमेशकी आमाका साथीले उनलाई कार भाडामा दिन सल्लाह दिए । यसपछि रमेशको व्यापार सुरु भयो ।
Facebook Comment