सिटी एक्सप्रेसको ‘विदेशबाट सिटी पठाऔं दश गुणा बढी पाऔं’ योजना सार्वजनिक
काठमाडौं। सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी पठाऔं दश गुणा बढी पाऔं’ उपहार योजना सार्वजनिक गरेको छ ।
नेपालीहरुको महान चाड २०८० सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकहरुसँंग पर्वको खुशी साट्न लगातार ६१ दिन सम्म चल्ने उक्त कार्यक्रम हाँस्य कलाकार एवं सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपालको उपस्थितिमा घोषणा गरिएको हो।
सिटी एक्सप्रेसको यो उपहार योजनाअन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १जनालाईजनहीरु १००,००० , हरेक हप्ता ५जनालाई जनही रु २५,०००साथै ६१ दिनलगातार हरेकदिन १०० जना विजेताहरुलाई जनही रु ५०० को वालेट टप्अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेतालेआफुले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजनामा रहेको छ ।
कम्पनीकाअनुसार यस ‘विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔं’अफर असोज १५ देखि मङ्सिर १५ गते सम्मलागू हुनेछ ।
यो अवधिभरी सिटी एक्सप्रेस मार्फतविदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राहीयो उपहार योजनामा सहभागीहुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमाकार्यरत कुनै पनिकर्मचारीलाई लागु हुनेछैन ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमाआफ्नो छुट्टै पहिचानबनाउदै बिगत १७वर्ष देखि संसारभरबाट विप्रेषण सेवाप्रदानगर्दै आइरहेको छ ।
सिटीएक्सप्रेसका देशभर छरिएर रहेका २५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षिततरिकाले भुक्तानीप्रदानगर्ने, कुनै पनि बैंकको खातामा रकमजम्मागर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदानगर्दै आइरहेको छ ।
Facebook Comment