सेयर बजारमा सर्वसाधारणको लगानी सुरक्षित गर्न आवश्यक : अर्थमन्त्री डा महत

डिसी नेपाल
१५ असोज २०८० १२:५३

काठमाडाैं। अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारमा आम सर्वसाधारणको लगानी सुरक्षित गर्न जरुरी रहेको बताएका छन्।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सोमबार काठमाडौंमा आयोजना गरेको वर्ल्ड इन्भेस्टर विक-२०२३ मा बोल्दै अर्थमन्त्री महतले सेयर बजारलाई स्वस्थकर बनाउदै आम सर्वसाधारणको लगानी सुरक्षित गर्न जरुरी रहेको बताएका हुन्।

इनसाइडर ट्रेनिङ र सूचना लिक हुने प्रवृत्तिलाई धितोपत्र बोर्डले नियमनको दायराभित्र ल्याउनुपर्ने उनले बताए। उनले लगानीकर्तालाई धितोपत्र बोर्डले साक्षर बनाउनुपर्ने र सुरक्षाका ज्ञान र जागुरुकता पैदा गर्न जरुरी रहेको बताए।

महतले विविध कारणले सेयर बजार अहिले तल झरेको र माइक्रो म्यानेजमेन्टमा समस्या भएकाले समाधान हुने विश्वास व्यक्त गरे। उनले सेयर बजार सुधारका लागि केही निर्णय चाडै आउने जिकिर गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *