बझाङमा निरन्तर भूकम्पको धक्का

डिसी नेपाल
१७ असोज २०८० ७:२४

काठमाडौं। मंगलबार दिउँसो बझाङको भातेखोला आसपास भएर गएको भूकम्पपछि त्यहाँ पराकम्प जाने क्रम आज पनि जारी छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङका विभिन्न स्थानमा केन्द्रविन्दु हुदै आज बिहान मात्रै दुई पटक भूकम्प गएको छ।

आज बिहान ५ बजेर ४३ मिनेटमा ४.३ रेक्टर स्केलको पराकम्प गएको छ। यसअघि बिहान ४ बजेर २७ मिनेटमा ४.३ रेक्टर स्केलको पराकम्प गएको थियो। राति १२ बजेर ५० मिनेटमा ४.३ को पराकम्प गएको केन्द्रले जनाएको छ।

मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा ५.३ र ३ बजेर ६ मिनेटमा ६.३ को भूकम्पपछि अपराह्न ५ बजेर ३८ मिनेटसम्ममा ४.१ देखि ५.१ सम्मका ६ वटा पराकम्प गएका थिए। यीबाहेक सानासाना पराकम्प गइरहेको केन्द्रले जनाएको छ।

मंगलबार गएको भूकम्पका कारण पहिरो जाँदा जयपृथ्वी नगरपालिका–११ ओखलीकी ४० वर्षीया गुनमति धामी बेपत्ता भएकी छन् । भूकम्पका कारण १३ जना घाइते भएका छन्। विद्यालयसहित दर्जनौ घरमा क्षति पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *