सिक्किममा टिस्टा नदीमा अचानक आएको बाढीका कारण भारतीय सेनाका २३ सैनिक बेपत्ता

डिसी नेपाल
१७ असोज २०८० ११:११

काठमाडौं । उत्तर सिक्किममा टिस्टा नदीमा आएको बाढीका कारण सेनाका २३ सैनिक बेपत्ता भएका छन् ।

गुवाहाटीमा रहेका सेनाका जनसम्पर्क अधिकृत लेफ्टिनेन्ट कर्णेल महेन्द्र रावतले बीबीसीलाई यो घटनाको पुष्टि गरेका छन् ।

हाल बेपत्ता सैनिकको खोजीका लागि उक्त क्षेत्रमा अप्रेसन जारी रहेको र मुख्यमन्त्री प्रेमसिंह तामाङले अवस्थाको बारेमा जानकारी लिएको बताएका छन् ।

सेनाले एक विज्ञप्ति जारी गर्दै उत्तर सिक्किमको लाहोनक तालमा अचानक बादल फुट्दा लाचेन उपत्यका नजिक रहेको टिस्टा नदीमा अचानक बाढी आएको बताएको छ । यसबाहेक चुङ्थाङ बाँधबाट पानी छोडेपछि तल्लो भागमा पानीको बहाव एकाएक १५ देखि २० फिटसम्म पुगेको छ ।

जसका कारण सिङ्ताम नजिकै बर्दाङमा पार्किङ गरिएका सेनाका सवारीसाधन प्रभावित भएका छन् । बाढीपछि बर्दाङमा २३ सैनिक बेपत्ता भएका छन् भने केही सवारीसाधन पनि हिलोमा डुबेको बताइएको छ । अहिले खोजी अभियान चलिरहेको छ ।

उनले भने, ‘राती करिब १ः३० बजे बाढी आएको हो । केन्द्रीय जल आयोगको जानकारी अनुसार उत्तर सिक्किमको लाहनोट तालको पानीको स्तर मंगलबार मध्यरातमा बढेको छ। यसले सीडब्लुसी मेली एफएफ साइट पार गर्यो। त्यसपछि बिहान ६ बजे यसको सतह २२७ मिटर नापिएको थियो, जो खतराको स्तरभन्दा करिब ३ मिटर माथि थियो ।

सीडब्लुसीका अनुसार, भारत र बंगलादेश दुवैको लागि बिहान ६ बजे देखि २ बजे सम्म एक साथ बाढीको पूर्वानुमान गरिएको थियो। दोमोहनी एफएफ स्टेशनमा टिष्टा नदी चेतावनीको स्तरभन्दा तल बगिरहेको थियो । बिहान ६ बजे पानीको सतह ८४ दशमलव ८३ मिटर रहेको र ६ घण्टाभित्र चेतावनी स्तर नाघेको थियो ।

सिक्किम बीजेपी प्रदेश अध्यक्ष डीआर थापाले भने, “सम्पत्तिमा क्षति पुगेको छ। म सबै संस्थाहरूलाई सिक्किमलाई सहयोग गर्न अपील गर्दछु। मैले बिहानै स्थितिको जानकारी लिएको छु र फेरि गर्नेछु।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *