भारतमा बनेको औलोको खोपलाई विश्व स्वास्थ्य संगठनले मान्यता दियो

डिसी नेपाल
१७ असोज २०८० १५:००

काठमाडौं । भारतको सिरम इन्स्टिच्युटले विश्व स्वास्थ्य संगठनले विश्वको दोस्रो औलो विरुद्धको खोप स्वीकृत गरेको जनाएको छ ।

डब्ल्यूएचओले खोपको प्रि-क्लिनिकल र क्लिनिकल ट्रायल डाटाको आधारमा यो स्वीकृति दिएको हो। परीक्षणमा यो खोप चार देशमा निकै प्रभावकारी देखिएको थियो ।

समाचार एजेन्सी पीटीआईका अनुसार एसआईआईले एक विज्ञप्तिमा बालबालिकालाई मलेरियाबाट बचाउन विश्व स्वास्थ्य संगठनको स्वीकृति प्राप्त गर्ने यो दोस्रो खोप भएको बताएको छ।

यो आर २१/मेट्रिक्स एम मलेरिया खोप सिरमले अक्सफोर्ड विश्वविद्यालयसँगको सहकार्यमा विकास गरेको हो।

एसआईआईले हरेक वर्ष १० करोड डोज खोप उत्पादन गर्ने व्यवस्था गरेको र आगामी दुई वर्षमा यो उत्पादन दोब्बर हुने बताएको छ ।

हाल यो खोप घाना, नाइजेरिया र बुर्किना फासोमा प्रयोग भइरहेको छ। तर अब विश्व स्वास्थ्य संगठनको स्वीकृतिपछि यसलाई विश्वभर प्रयोग गर्न सकिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *