तेस्रो अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु

डिसी नेपाल
१८ असोज २०८० २२:२८

काठमाडौं । समुदायस्तरमा ललितकलासम्बन्धी स्कुल सञ्चालन गर्दै आएको योङ्ग पिकासो संस्थाको आयोजनामा पाँचदिने तेस्रो अन्तर्राष्ट्रिय कला प्रदर्शनी पाटन सङ्ग्रहालयमा आजदेखि सुरु भएको छ ।

पूर्वपरराष्ट्रमन्त्री एवं नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले प्रदर्शनीको उद्घाटन गर्दै नेपाल कला, संस्कृति, भाषा र जातिका विविधता र प्राकृतिक सौन्दर्यले भरिएको मुलुक भएकाले यो पहिचानलाई विश्वव्यापी बनाउन आवश्यक भएको बताए । नेपाल कुनै पनि मुलुकको अधिनमा नरहेको गौरवशाली इतिहास भएको देश भएकाले यहाँको सभ्यता, कला, संस्कृति र प्रकृतिले आफ्ना मौलिकबारे कलाका माध्यमबाट प्रचारप्रसार हुनुपर्नेमा जोड दिए ।

काठमाडौंस्थित श्रीलङ्काली राजदूतावासका प्रमुख बिएन दिल्मीनी, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमुनी हार्तम्छाली, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारी, सहभागी कार्यक्रममा अजय देशारको लेखन र बालमुकुन्द आचार्यको सम्पादनमा ‘इसेन्स्स अफ आर्टस् पुस्तकको लोकार्पण पनि गरिएको थियो । प्रदर्शनीमा स्वदेशी र विदेशी कलाकारका कलाकृति पनि समावेश गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *