अफगानिस्तानले दूतावास बन्द गर्ने घोषणा गरेपछि भारतले के भन्यो ?

काठमाडौं । भारतको विदेश मन्त्रालयले बिहीबार साँझ दिल्लीस्थित अफगानिस्तानको दूतावास बन्द गरेको खबरलाई लिएर प्रतिक्रिया दिएको छ । चार दिनपछि यस्तो प्रतिक्रिया आएको हो ।
साप्ताहिक पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले अफगानिस्तानका नागरिकलाई सहयोग गर्न भारतले आफ्नो प्रयास जारी राख्ने बताए ।
दूतावास बन्दको घोषणासँगै अफगान दूतावासले यसका लागि भारतको कूटनीतिक सहयोगको अभाव र अफगान स्वार्थ पूरा गर्न असफल भएको आरोप लगाएको छ ।
बागचीले मुम्बई र हैदरावादका अफगान वाणिज्य दूतावासले अफगान दूतावासको घोषणाप्रति असहमति जनाएको बताएका छन् ।
अरविन्द बागचीले लामो समयदेखि अफगानिस्तानको भारतमा राजदूत नभएको र हालैका धेरै अफगान कूटनीतिज्ञहरूले भारत छोडेको स्वीकार गरे।
यसका बाबजुद पनि भारतमा रहेका अफगानी नागरिक र विद्यार्थीहरुको ठूलो संख्यालाई आवश्यक परामर्श सहयोग जारी रहने उनले बताए ।
बागचीले भने, ‘हाम्रो बुझाइ नयाँ दिल्लीस्थित दूतावासले काम गरिरहेको छ र काम गरिरहने छ । हामी दिल्ली दूतावासमा रहेका अफगान कूटनीतिज्ञहरू र मुम्बई र हैदरावादका वाणिज्य दूतावासहरूमा उपस्थित कूटनीतिज्ञहरूसँग सम्पर्कमा छौं।’
Facebook Comment