एनएमबि हाइब्रिड फन्ड एल १ र एनएमबि ५० ले लाभांश बैंक खातामा पठाउँदै
काठमाडौं। एनएमबि हाइब्रिड फन्ड एल १ र एनएमबि ५० ले आफ्ना इकाई धनीलाई नगद लाभांश बैंक खातामा पठाउने भएको छ।
एनएमबि हाइब्रिड फन्ड एल १ ले आफ्नो इकाईधनीहरुलाई आज असोज २१ गते आइतबारदेखि प्रतिफल वितरण गर्ने लागेको हो। त्यस्तै, एमएनबि ५० ले असोज २२ गतेदेखि लाभांश वितरण गर्ने जनाएको छ।
दुवै फन्डका इकाईधनीहरुले आर्थिक वर्ष २०७९-८० को नाफाबाट करसहित १५ प्रतिशत का दरले नगद लाभांश घोषणा गरेको छन्।
यी दुवै म्युचुअल फन्डले लाभांशको लागि असोज १२ गते बुक क्लोज गरिसकेका छन्। एनएमबि हाइब्रिड फन्ड एल १ र एनएमबि ५० एनएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालित म्युचुअल फन्ड हुन्।
प्रतिक्रिया
Facebook Comment