डिल्लीरमण रेग्मीलाई वीपीले दिएको त्यो जवाफ ….

कमला थापा
२२ असोज २०८० १०:५७

राजा महेन्द्रले २०१७ सालमा संसदीय ब्यबस्था अपदस्थ गरी प्रधानमन्त्री विपी कोइरालालाई सुन्दरीजलमा राखिसके पछि डिल्लीरमण रेग्मीले विपीलाई एउटा आक्रोशपूर्ण प्रस्ताव राखेका थिए।

रेग्मीले वीपीलाई प्रस्ताव राख्दै भनेका थिए, ‘हैन विपीजी राजाले कांग्रेसलाई देख्नै नसक्ने? तपाईं प्रधानमन्त्री भएको मात्र १८ महिनामै प्रजातन्त्र नै खोस्ने काम राजाबाट भयो।’ उनले थपेका थिए, ‘अब हामीचाहिँ राजा चाहिन्छ भन्ने तपाईं राजसंस्थाको लागि खम्बा बनेर उभिनु भएको छ।’

‘त्यतिहुँदा पनि राजा तपाईंलाई नै जेल हाल्न पछि परेनन्, तपाईं किन राजा संस्था चाहिन्छ भन्नु हुन्छ?’ रेग्मीले प्रश्न गरेका थिए। रेग्मी यतिमै सीमित भएनन्। उनले आक्रोशपूर्ण विचार राख्दै भने, ‘अब हामीले पनि राजसंस्थालाई बोक्न छाड्नु पर्‍यो।’

रेग्मीको आक्रोशभरी भनाई सुनिसकेपछि विपीले रेग्मीलाई भनेछन्, ‘मलाई जेल हाल्नु ठूलो कुरा होइन, म राजाप्रति अनुदार पनि छैन। तर राजा, राजसंस्था, देश र जनताका लागि चाहिन्छ।’

वीपीले अगाडि भनेछन्, ‘राजसंस्था भएमात्र देश‌ सुरक्षित रहन्छ। राज संस्था नभए देश सुरक्षित रहन सक्दैन।’ ‘यो महत्वपूर्ण कुरा हामीले कहिले पनि भुल्नु हुँदैन, यस्तो कुरा मसँग आइन्दा नगर्नु होला’ भन्दै विपीले रेग्मीलाई अन्त्यमा, ‘देश रहे हामी छौं, राजनीति गरौंला। देशै नरहे के गरौंला?’
विपीले रेग्मीलाई सम्झाउँदै भने, ‘यो मेरो सिद्धान्त हो, त्यसैले राष्ट्र, राष्ट्रियताका लागि राजसंस्था अपरिहार्य छ।’

वीपीको जवाफ पाएदेखि डिल्लीरमण रेग्मी विपीसँग टाढिँदै जानु भयो भन्ने कुरा नेपाली कांग्रेसका नेता, कार्यकर्ता सबैलाई थाहा छ। उनै वीपीका चेलाहरु आज सत्ता, राजनीतिको उच्च तह राष्ट्रपतिमा बिराजमान छन्।

आज अधिकांश जनता, बुद्धिजिवी, नागरिक समाज सबैले राजसंस्थाको औचित्य, अपरिहार्यता ठानेर अभिव्यक्तिहरु दिइरहेका छन्। जनताको रक्षा र देश जोगाउन राजा ल्याउनै पर्छ भन्ने छलफल जनस्तरबाटै उठन थालेको पाइन्छ।

यस्ता आदर्शवादी नेताहरुले जन्माएको पार्टी आज शत्ता राजनितिमा चुर्लुम्म डुबेर गर्न हुने, नहुने, नैतिक अनैतिक कुनै कुराको ख्यालै नगरि लाल कम्युनिष्टलाई आफ्नो काँध दिएर सत्तामा टाँसिएका छन्।

जीवनभर नेपाली कांग्रेसको आदर्शपूर्ण राजनिति गरेका नेता राष्ट्रपति रामचन्द्र पौडेलको त्रुटीले नेपाली कांग्रेस इतिहासको पानामा बद्नाम हुन पुगेको छ। वर्तमान राष्ट्रपतिबाट तीनवटाा त्रुटिपूर्ण काम भैसक्यो।

पहिलो प्रधानमन्त्रीको निर्देशनमा पूर्व राष्ट्रपतिले प्रमाणिकरण नगरी थन्काइएको नागरिता बिधेयकमा सही गर्नु। दोस्रो आफैंले जनताको आवाज थेग्न नसकेर उपचार खर्च आफैं ब्यहोर्छु भनेको विषय केही दिन पछि ५५ लाखको बिल क्याबिनेटमा पठाएर माग गर्नु।

तेस्रो अहिले फौजदारी मुद्दामा २० बर्षको ज्यान सजाय पाएका ब्यक्तिहरुलाई आम माफी दिएर छोडिदिनु। भ्रष्टाचारीहरु कोसैलाई छोडदिन भन्ने गृहमन्त्रीले यत्रो अपराधको मुद्दालाई कुन आधारमा कसरी सिफारिस गरे? त्यसलाई छानविननै नगरि राष्ट्रपतिले सही गरिदिने?

यस्तो कामको लागि राष्ट्रपतिले ५ करोड खाएको कुरा बाहिर मिडियादेखि जनतामा छ्यापछ्याप्ती आउनु के यो नेपाली कांग्रेसको लागि राम्रो कुरा हो?
यसले नेपाली कांग्रेसलाई कहाँ पुर्‍याउदै छ? एउटा कलकलाउँदी ती छोरी समान नारी भर्खर २० बर्षको उमेरमा नाबालक काखमा छ। आमरण अनशनमा छिन्। सर्वोच्च अदालतको प्रांगणमै ढलिन्।

जीवनमरणको दोसाँधमा छिन्। के यही हो न्याय? त्यस्ता नारीहरुको श्राप के हामीलाई लाग्दैन? त्यस्तै टिकापुर घटनाका प्रहरीहरुको परिवारको रोदन छ। एउटा अफिसर बनाउन राष्ट्रको कति लगानी लागेको हुन्छ? यस्ता सम्बेदनशील कुराहरुमा राज्यको ध्यान खोई?

के देशको संबिधान, नियम, कानून गणतन्त्रका नेताहरुले मात्र उपभोग गर्न पाउने? सजाय जति निमुखा जनताले मात्र भोग्नु पर्ने? यस्तो हुन्छ देश? यस्ता हुन्छन् नेता? धिक्कार छ हामी जस्ता‌ दास‌ कार्यकर्तालाई। नेताहरुले जे गर्दा पनि जदौ गरेर बस्ने? यस्ता कैयन् घटना घटिसके।

सबै पार्टीका महिला‌ संघ, संगठनहरु, महिला अधिकारकर्मी, ३३ प्रतिशत महिला सांसदहरुको एक शब्द संसददेखि सडकमा सुनिँदैन, त्यो ३३ प्रतिशत महिलाहरुको कामचाहिँ के हो? केवल आफ्नो गुटका नेताहरुको भक्ति गान गाउन मात्र?

नेपाली कांग्रेसको नेतृत्व पक्ष यस्ता समग्र सवालहरुमा मौन भएको छ। आफ्नो गुट परिवार बाहेक अरुको कुरा सुन्नै चाहँदैनन्। कांग्रेस भित्र असन्तुष्टिहरु चाङ लागिसक्यो। माओवादीलाई सत्तामा राखेर हालीमुहाली आफ्नो चलेको छ।

पाँच पटक प्रधानमन्त्री भइसकेको हुनाले साथीहरुले आफूलाई प्रधानमन्त्री हुन दिने छैनन्, म पनि अरुलाई किन बनाउने भन्ने कुटिल खेलमा कांग्रेस नेतृत्व देखिन्छ। पार्टीका आम कार्यकर्ता, जनता र धेरै बुद्धिजिवीहरुको विश्वास नेता शेखर कोइराला माथि देखिन्छ। उनीसँग पार्टी, कार्यकर्ता, जनतालाई न्याय दिन सक्ने क्षमता देखेका छन्। त्यो आवाज सुनिन्छ। तर कांग्रेसको नेतृत्व उहाँलाई दिने पक्षमा उदास देखिन्छ।

युवाको झिनो समूह पार्टीबाट अलग भएर भएपनि अरुसँग मिलेर सरकार बनाउने कसरतमा देखिन्छ। त्यो त्यति सजिलो छैन। त्यस्तै चीनको साताव्यापी भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री प्रचण्डको प्रयास कम्युनिस्टहरुलाई एक गरेर भए पनि वा एमालेसँग मिलेर भए पनि सत्तामा टिकिरहने कसरतमा हुनुहुन्छ।

त्यसबेला कांग्रेसलाई छोड्दा‌‌ अनौठो नहोला। त्यस्तै केपी ओलीको प्रयत्न छ, कांग्रेसलाई सरकारबाट छुटाएर प्रचण्डलाई एक्ल्याउने या प्रचण्डलाई आफूसँग ल्याएर कांग्रेस एक्ल्याउने।

यो खेलको बाक्लो भेटघाट दुई कम्युनिष्टको देखियो। यस्तो खेलका माहिर खेलाडी दुबै हुन्। यस्तो अबस्थाबाट कांग्रेसलाई कसरी जोगाउने गहिरो चिन्ता र चिन्तनमा नेता डाक्टर शेखर कोइराला छन्। जस्लाई विपी लगायतका अग्रज नेताहरुले सिंचित गरेको पार्टी र देशको चिन्ता छ।

देशमा शिक्षक, डाक्टर, इन्जिनियरदेखि मध्यम बर्गिय उद्यमी, ब्यापारी, बैंक, लघुबित्त पीडितदेखि परिवार, श्रीमान् गुमाएका सबै सडक र आमरण अनसनमा छन्।

यति लेखुन्जेलसम्म प्यालेस्टाइन र इजरायलको लडाईमा ज्यान गुमाउने नेपालीको सख्या १० पुगिसक्यो। यस्तो अबस्था हाम्रो छ। यसमा सरकारको पहलकदमी के कस्तो छ?

बाँकी घाइतेहरुलाई उद्धार गर्न सरकारको पहलकदमी राम्रोसंग होस भन्ने जोडदार माग गर्न चहान्छु। यसबाट जनताले मुक्ति पाउने कसरी? पशुपतिनाथले रक्षागरुन जय होस्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *