थाईल्याण्डको टीएनए कन्सर्टमा पाँचवटा गीत रिलिज, अब गुन्जिन्छ कर्माको गीत
बैंकक । थाई नेपाली संघ केन्द्रीय सांस्कृतिक विभागद्वारा विजया दशमीको सुखद उपलक्ष्यमा आयोजना गरिएको टीएनए कन्सर्टमा अक्टोबर ७ मा सम्पन्न भएको छ। सांस्कृतिक बिभाग प्रमुख कर्माको सभापतित्वमा गरिएको यो कार्यक्रम थाई प्रवासी नेपालीहरुको लागी एउटा उदाहरणीय बनेको थियो ।
थाइल्याण्डमा एनआरएनए लगायत बिभिन्न जातिय संघ संस्था भएतापनि यो कार्यक्रम जस्तो बृहत रुपमा नयाँ सोंचले गरिएको कार्यक्रम बिगत दिनहरुमा नभएको सहभागीहरुले बताएका छन्। आफु संघको अध्यक्ष भएको बेलामा यस्तो ठुलो कार्यक्रम गर्न पाउँदा अध्यक्ष वाडसना राईले आफू हर्सित भएको बताइन् ।
केहीअघि नेपालमा सम्पन्न वीश्वभरिका नेपाली कलाकारको प्रतिस्पर्धात्मक कार्यक्रम मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्समा थाइल्याण्ड र बर्माबाट प्रतिस्पर्धा गर्ने कालाकारहरुको सम्मान गर्न राखिएको यो नयाँ ढङ्गको बनेको थियो ।
कार्यक्रममा डान्स फ्लोर पनि भएको र प्रस्तुतीलाई सुन माथी सुगन्ध बनाउन मेरो भ्वाइस युनिभर्सका जज प्रख्यात गायक शिब परियार र मेरो डान्स युनिभर्स को हेड कोरियोग्राफर दिवस गिरी साथमा गायिका रचना रिमाल र कल्चरल एक्सप्लो नेपालको कोरियोग्राफर रूवी लामाले पनि रमाइलो प्रस्तुती थियो ।
लगभग तिन हजार जनाको उपस्थित कार्यक्रममा प्रमुख अतिथि नेपाल राजदूतावासका कार्यवाहक राजदूत प्रकाश अधिकारी थिए। त्यसैगरी बिभिन्न सँघ संस्थाका सम्पूर्ण पदअधिकारी पनि उपस्थित थिए । कर्माले रचना गरेको गीतहरूलाई पनि रिलिज गरिएको थियो। अब यसै हप्ता देखि नेपालमा ती गीतहरु प्रसारण हुन गईरहेको जानकारी पनि दिइयो ।
थाइल्याण्डमा पहिलो पटक पाँच वटा गीत रिलिज भएका ती गितको रेकर्डिङ जुगल स्टुडियोमा गरिएको थियो भने थाई नेपाली सँघ लाई एकदमै हाईलाईटमा ल्याउने गीत पुर्खाको देश, यो गीतको रचनामा फिल्म निर्देशक रामशरण पाठकले पनि सहयोग गरेका थिए। यस पटकको कार्यक्रम नेशनल स्टाडियमभित्र गरिएको थियो।
Facebook Comment