हमासले एकैठाउँ २६० जना मारेको संगीत महोत्सव स्थलमा शवको खोजी कार्य किन रोकियो ?
काठमाडौं । दक्षिणी इजरायलमा रहेको संगीत महोत्सव हमासको आक्रमणको निशाना बनेको थियो । यस महोत्सवमा सहभागी हुन आएका २६० जनाको अहिलेसम्म मृत्यु भएको पुष्टि भएको छ ।
तर, सहयोगका लागि यहाँ भेला भएका स्वयंसेवकहरूले शव उठाउन सकेका छैनन् । सुपरनोभा म्युजिक फेस्टिभल स्थलमा शव खोज्ने स्वयंसेवकले अतिवादीको ‘लगातार फायरिङ’का कारण खोजी कार्य बन्द गर्नु परेको छ ।
जाका स्वयंसेवी समूहका कमाण्डरले आफ्नो २५ जनाको टोलीले अहिलेसम्म १६२ शव निकालेको तर खोजी गर्न नसकेको बताए । बीबीसीसँग कुरा गर्दै कमाण्डरले भने, “हामी हमलामा काम गरिरहेका छौं, त्यसैले हामीले यो ठाउँ छोड्नुपर्छ।”
दुर्घटनाका एक प्रत्यक्षदर्शीले भनेअनुसार केहि गडबड भएको पहिलो संकेत बिहान सबेरै रकेटको चेतावनी दिने साइरन बज्दा प्राप्त भएको थियो ।
उनले भने, ‘कसैले केही बुझ्नुअघि नै उनीहरुले बिजुली काटिदिए र एक्कासी कतैबाट (अतिवादी) आएर चारैतिर गोली चलाउन थाले ।
मानिसहरु भाग्न खोजे, कोही भागे र कोही भागेर आ–आफ्नो गाडीमा बसे तर जीपमा आएका बन्दुकधारीले गाडीमा गोली चलाउन थाले । दौडिरहेका मानिसलाई समेत गोली हानेको उनले बताए ।
Facebook Comment