इजरायलले गाजामा बिजुली र इन्धन आपूर्ति पूर्ण रूपमा बन्द गरिदियो

डिसी नेपाल
२३ असोज २०८० १२:४२

काठमाडौं । इजरायली रक्षामन्त्री योभ गालान्टले गाजा पट्टीलाई पूर्ण रूपमा घेराबन्दी गर्ने आदेश दिएको बताएका छन् । उनले विद्युत, खाद्यान्न र इन्धनको आपूर्ति नहुने बताए ।

इजरायलको गाजाको हवाई क्षेत्र र तटीय क्षेत्रमाथि नियन्त्रण छ। त्यहाँ के जान्छ र त्यहाँबाट के आउँछ भन्ने निर्णय इजरायलले गर्छ।

त्यस्तै इजिप्टले गाजासँगको आफ्नो सिमानामा मानिसहरूको आवतजावतलाई नियन्त्रण गर्छ।

प्यालेस्टाइनी चरमपन्थी समूह हमासले शनिबार बिहान गाजाबाट इजरायलमा ठूलो रकेट आक्रमण गरेको थियो। हमासले इजरायलमा करिब सात हजार रकेट प्रहार गरेको दाबी गरेको छ ।

हमासको यो आक्रमणपछि इजरायलले जवाफी कारबाही गरेको छ । यस हमलामा हालसम्म ७०० भन्दा बढी इजरायली र ४०० प्यालेस्टाइनी मारिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *