शाहरुख खानलाई ज्यानको खतरा, सुरक्षा वाइ प्लसमा बढाइयो

डिसी नेपाल
२३ असोज २०८० १३:४७

काठमाडौं । महाराष्ट्र प्रहरीले बलिउड अभिनेता शाहरुख खानलाई ‘ज्यानको खतरा’ को डरले सुरक्षा कभर वाई प्लसमा बढाएको छ ।

वाई प्लस सेक्युरिटीमा ६ कमाण्डो र एक प्रहरी एस्कर्ट गाडीसहित ११ सुरक्षाकर्मी हुन्छन् ।

एक प्रहरी अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले फिल्म ‘जवान’ रिलिज भएपछि शाहरुख खानलाई ज्यान मार्ने धम्की आएको बताएको छ ।

तर, यो सुरक्षा कभरको खर्च शाहरुख खानले आफैंले बेहोर्नुपर्नेछ ।

समाचार एजेन्सी एएनआईका अनुसार शाहरुख खानले महाराष्ट्र सरकारलाई ज्यान मार्ने धम्की आएको भन्दै लिखित उजुरी दिएका थिए ।

शाहरुख खानको घरमा पनि मुम्बई पुलिसका चार हतियारधारी २४ घण्टा उपस्थित रहने प्रहरीले जनाएको छ ।

प्रहरी अधिकारीले गत हप्ता उच्चस्तरीय समितिको बैठकपछि शाहरुख खानको सुरक्षा बढाउने निर्णय भएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *