इजरायलमा लेबनानबाट मिसाइल प्रहार
काठमाडौं । इजरायली सेनाले इजरायली सेनाको पोस्टमा लेबनानबाट मिसाइल प्रहार गरेको दाबी गरेको छ ।
आइडीएफ (इजरायल डिफेन्स फोर्स) ले भनेअनुसार एन्टि-ट्याङ्क मिसाइल अरब अल-अरमाश नजिक खसेको छ।
पछिल्लो समय लेबनानको सीमामा तनावपूर्ण अवस्था आएको यो पहिलो पटक भने होइन।
हमासको आक्रमणपछि चरमपन्थी संगठन हिजबुल्लाहले इजरायलमा धेरै रकेट प्रहार गरेको थियो ।
हिजबुल्लाहलाई इरानको समर्थन रहेको विश्वास गरिन्छ भने इजरायल र पश्चिमा देशले प्रतिबन्ध लगाएका थिए ।
इजरायलको सेनाले शनिबारको आक्रमणमा हालसम्म १२ सय जनाको ज्यान गएको र २७ सयभन्दा बढी घाइते भएको जनाएको छ । योसँगै गाजामा भएको आक्रमणमा हालसम्म ९५० जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया
Facebook Comment