कप्तान खड्का एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजको ‘ब्राण्ड एम्ब्यास्डर’

डिसी नेपाल
२९ साउन २०७५ १३:१७

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ ।

पारस ३ वर्षका लागि एक्सपर्टको ब्राण्ड एम्बेसडरमा आवद्ध भएका हुन् । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजका सीईओ सञ्जिव शर्मा र कप्तान पारस खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरे । एक्सपर्टको ब्रानड एम्बेसडरमा आवद्ध भएवापतको रकम भने उल्लेख गरिएको छैन । नेपाली क्रिकेटलाई यो स्थानसम्म ल्याईपु¥याउन महत्वपूर्ण योगदान दिएको भन्दै एक्सपर्टले कप्तान पारसलाई ब्रान्ड एम्बेसडरमा आवद्ध गरेको जनाएको छ ।कप्तान पारस खड्काले आफूलाई ब्रान्ड एम्बेसडर बनाएकोमा एक्सपर्टलाई धन्यवाद दिँदै नेपालभर नै जसरी क्रिकेट खेल्ने माहोल बनाउनका लागि आफुले सक्दो प्रयास गर्ने बताए । विना लगानी नेपाली क्रिकेट यहाँसम्म आईपुगेको भन्दै उहाले नेपाली क्रिकेटमा लगानी गर्ने हो भने असम्भव खेल पनि जित्न सकिने उनले बताए ।

यस्तै, नेपाली क्रिकेट खेलाडी शक्ति गौचनले विगत ९ वर्षदेखि भैरहवामा सञ्चालनमा ल्याएको स्टार क्रिकेट एकेडेमीलाई एक्सपर्टले १ लाख ५० हजार नगद सहयोग गरेको छ ।
त्यस्तै, एक्सपर्टले यही वर्षदेखि प्रत्येक वर्ष खेलकुद पत्रकारिता अवार्ड दिने घोषणा गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *