ललितपुरको धोवीघाटमा केटीएम मोटरसाइकलको शोरुम सञ्चालनमा

डिसी नेपाल
२८ असोज २०८० १२:२०

काठमाडौं। हंसराज हुलासचन्द एण्ड कम्पनि अन्तर्गतको केटीएम मोटरसाईकलको आधिकारिक मोटरसाईलकल बिक्रेताको लागि बाइकर डिपो प्रालिले ललितपुर जिल्लाभरीको डिलरशीपको शनिबार उद्घाटन गरिएको छ।

संचालकहरु विशाल केसी, सतिश श्रेष्ठ र सुसन बज्राचार्य मिलेर सञ्चालनमा ल्याइएको डिलरशीपमा पाँच लाख ६५ हजारदेखि दश लाखसम्मको मोटरसाइलक पाइने बताइएको छ। शोरुममा २००, २५० र ३९० सिसीका मोटरसाइकल उपलब्ध छन्।

ग्राहकको सुविधालाई मध्यनजर राख्दै शोरुप ललितपुरको धोविघाट रिङरोडमा राखिएको हो। शोरुममा दशैंको लागि अफर (हेलमेट, ज्याकेट फ्रि तथा थप सट्टापट्ट गर्दा भ्यालुएयसनमा १५ हजार सोरुमको तर्फबाट थप दिइने शोरुम संचालक बिशाल केसीले जानकारी दिए।

उनका अनुसार सिर्भिस सेन्टर दशैं बिदा लगतै मानभवनमा संचालनमा आउने र बिहान ९ बजेदेखि बेलुका ६ बजे सम्मै खुल्ला रहनेछ। सरुवाती चरणमा सर्भिस सेन्टरमा दैनिक ३५ देखि ४५ सम्मको बाइकहरुलाई सेवा दिन सक्ने क्षमता रहेको भने ५० प्रतिशतसम्म सहज फाइनान्स सुविधा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *