स्कुटर दुर्घटनामा युवतीको मृत्यु
चितवन। नारायणगढ-मुग्लिन सडकखण्डमा स्कुटर दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुपाल्चोकको लिशङ्खुपाखर गाउँपालिका वडा नं ६ बस्ने २४ वर्षीया संगीता भण्डारी रहेकी छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार इच्छाकामना गाउँपालिका वडा नं ६ नौकिलो नजिक बाप्र०२०४६प १६९२ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई पल्टिँदा चालक भण्डारीको मृत्यु भएको हो।
आज बिहान ७ः४५ बजे दुर्घटना हुँदा भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ।
प्रतिक्रिया
Facebook Comment