गाजामा मानवीय सहायताका लागि वार्ता भइरहेको छ : संयुक्त राष्ट्रसंघ
काठमाडौं । संयुक्त राष्ट्रसंघका एक वरिष्ठ अधिकारीले गाजामा मानवीय सहायता उपलब्ध गराउन वार्ता भइरहेको बताएका छन् ।
हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेको थियो । त्यसयता इजरायलले गाजामा लगातार बमबारी गरिरहेको छ । त्यसयता गाजामा मानवीय सहायता पुगेको छैन।
संयुक्त राष्ट्रसंघका अधिकारी मार्टिन ग्रिफिथ्सले इजरायलको चेतावनीपछि करिब १० लाख मानिस उत्तरी गाजाबाट दक्षिणी गाजातर्फ पलायन भएको बताएका छन् ।
उनी बीबीसी रेडियो ४ मा कुरा गर्दै थिए । उनले बन्धकहरुको रिहाइमा कुनै प्रगति नभएको बताए ।
उनले मानिसहरूलाई बन्धक बनाउने कार्य गम्भीर, गैरकानूनी, अस्वीकार्य र अनैतिक भएको बताए। उनले बन्धकहरुलाई तत्काल रिहा गर्नुपर्ने बताए ।
संयुक्त राष्ट्रसङ्घका अधिकारीले अन्तर्राष्ट्रिय मानवीय कानुनअन्तर्गत सर्वसाधारणलाई सहयोग उपलब्ध गराउनुपर्ने र उनीहरूलाई भाग्नको लागि सुरक्षित बाटो दिनुपर्ने बताए, तर ती कानूनको उल्लंघन भइरहेको छ।
उनले स्वेच्छिक रुपमा छाड्ने मानिसहरू बाहिर जाँदा ‘कुनै बम विस्फोट नगर्न’ आग्रह गरे । उनले यस विषयमा इजरायलसँग कुरा गरिरहेको बताए ।
Facebook Comment