गाजा अस्पतालमा भएको आक्रमणपछि धेरै अन्य देशहरूमा प्रदर्शन
काठमाडौं । गाजाको अल अहली अस्पतालमा भएको आक्रमणपछि प्यालेस्टाइनीहरूले मंगलबार राति वेस्ट बैंकका धेरै क्षेत्रमा प्रदर्शन गरेका थिए।
ती मानिसहरूले प्यालेस्टिनी प्रशासन प्रमुख महमूद अब्बासविरुद्ध नारा लगाएका थिए। यहाँ प्रदर्शनकारीलाई रोक्न सुरक्षा बलले अश्रुग्यास प्रहार गर्नुपरेको थियो ।
लेबनानको राजधानी बेरुतस्थित अमेरिकी दूतावासबाहिर भेला भएका मानिसहरूले आगजनीसमेत गरेका छन् ।
यहाँ फ्रान्सेली दूतावासबाहिर भेला भएका अर्को समूहले ढुंगा हानेको पनि बताइएको छ ।
लेबनानको चरमपन्थी संगठन हिजबुल्लाहले मुस्लिम र अरबहरूलाई ‘तुरुन्त सडकमा आउन’ आह्वान गरेको छ।
लिबियाको राजधानी त्रिपोली र अन्य सहरहरूमा प्यालेस्टिनी झण्डा बोकेका सयौं मानिस गाजाका जनताको समर्थनमा नारा लगाएका थिए ।
उही समयमा, प्रदर्शनकारीहरू इरानको तेहरानमा ब्रिटिश र फ्रान्सेली दूतावास बाहिर भेला भए। टर्किए र जोर्डनमा पनि प्रदर्शन भएका छन् ।
Facebook Comment