पाकिस्तान इन्टरनेशनल एयरलाइन्स आर्थिक संकटमा, धेरै उडानहरू रद्द
काठमाडौं । पाकिस्तान इन्टरनेशनल एयरलाइन्सले आफ्ना दर्जनौं आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू रद्द गरेको छ। यसको कारण नगदको अभाव रहेको बताइएको छ ।
इन्धन अभावका कारण धेरै उडान रद्द गर्नुपरेको र धेरै उडानको समय परिवर्तन भइरहेको एयरलाइन्सका प्रवक्ताले जानकारी दिए ।
पीआईएले इन्धन, विमानस्थलको भाडा र सर्भिसिङ तथा मर्मतसम्भार बिल तिर्न संघर्ष गरिरहेको छ । कम्पनीको ऋण साढे दुई अर्ब डलरभन्दा बढी पुगेको छ ।
गत महिना, कम्पनीले सरकारसँग आपतकालीन कोष मद्दत खोजिरहेको बताएको थियो। पाकिस्तान सरकारले घाटामा रहेको पीआईएलाई निजीकरण गर्न चाहन्छ।
प्रतिक्रिया
Facebook Comment