एक्सले नयाँ प्रयोगकर्ताहरूबाट वार्षिक १ डलर शुल्क लिन थाल्यो

डिसी नेपाल
१ कार्तिक २०८० १६:४२

काठमाडौं । एलन मस्कको सामाजिक सञ्जाल कम्पनी एक्सले न्यूजिल्याण्ड र फिलिपिन्समा नयाँ प्रयोगकर्ताहरूबाट वार्षिक एक डलर शुल्क लिन थालेको छ ।

रिपोर्टका अनुसार हाल यसलाई ट्रायलको रूपमा सुरु गरिएको छ र यो शुल्क तिर्ने प्रयोगकर्ताहरूले एक्सका केही मुख्य सुविधाहरू प्राप्त गर्न सक्नेछन्। एक्स पहिले ट्विटरको रूपमा चिनिन्थ्यो।

ट्विट र रिट्वीट बाहेक, सदस्यता शुल्क तिर्ने प्रयोगकर्ताहरूले पोस्टलाई लाइक गर्न र तिनीहरूलाई जवाफ दिन सक्षम हुनेछन्। यो सदस्यता शुल्क नतिर्ने विकल्प छनौट गर्ने प्रयोगकर्ताहरूले अरूको पोष्टहरू पढ्न, भिडियोहरू हेर्न र अन्य ह्यान्डलहरू फलो गर्न सक्षम हुनेछन्।

एक्सले यसको उद्देश्य स्प्याम कम गर्नु, प्लेटफर्मको दुरुपयोग रोक्न र बोट गतिविधिलाई रोक्नु भएको बताएको छ । नयाँ खाताहरूले उनीहरूको फोन नम्बर पनि प्रमाणित गर्नुपर्नेछ।

तर, एलन मस्कले कुनै पनि सदस्यता शुल्क बिना नै ‘रिड-ओन्ली’ खाता सिर्जना गर्न सकिने र यसमा कुनै प्रमुख सुविधाहरू नहुने बताएका छन्।

गत महिना मात्र एक्स, टेस्ला र स्पेसएक्सका मालिक एलन मस्कले सबै एक्स प्रयोगकर्ताहरूले यसको प्लेटफर्ममा रहन सदस्यता शुल्क तिर्नु पर्नसक्ने संकेत गरेका थिए।

गत वर्ष मात्रै एलन मस्कले ४४ अर्ब डलरमा ट्विटर किनेका थिए, त्यसपछि कम्पनीको आम्दानी लगातार घट्दै गइरहेको छ ।

प्रयोगकर्ताहरूबाट सदस्यता शुल्क लिनु पछाडि कम्पनीको वित्तीय उद्देश्यको बारेमा तस्वीर स्पष्ट छ।

यद्यपि, एलन मस्कले बटहरूसँग सम्झौता गर्न प्रयोगकर्ताहरूबाट सदस्यता शुल्क लिने कदम चालेको बताउँदै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *