भारतमा प्यालेस्टिनी जनताको समर्थनमा प्रदर्शन गर्ने ११ कार्यकर्ता विरुद्ध मुद्दा

डिसी नेपाल
२ कार्तिक २०८० १०:१४

काठमाडौं । प्यालेस्टिनी जनतासँग ऐक्यबद्धता देखाउन बेंगलुरुमा भएको प्रदर्शनमा भाग लिएका ११ कार्यकर्ता विरुद्ध एफआईआर दर्ता गरिएको छ।

गत सोमबार, दर्जनौं मानिसहरू बेंगलुरुको महात्मा गान्धी रोडमा भेला भएका थिए। प्रहरी आयुक्त बी दयानन्दले यो विरोधलाई फ्ल्याश मोब भनेका थिए ।

जसका विरुद्ध एफआइआर दर्ता गरिएको छ ती कार्यकर्ताका चिनजानका मानिसले बीबीसी हिन्दीलाई भनेअनुसार रंगोली केन्द्रमा मानिसहरू प्लेकार्ड बोकेर उभिन मात्रै भेला भएका थिए।

नाम नबताउने सर्तमा एक कार्यकर्ताले भने, ‘यति धेरै मानिस आउँछन् भन्ने सोचेका थिएनौँ ।

प्रहरी आयुक्त दयानन्दले पत्रकारहरुलाई भनेअनुसार कर्नाटक उच्च अदालतको आदेश अनुसार फ्रीडम पार्कमा मात्र प्रदर्शन गर्न अनुमति दिइएको छ। सार्वजनिक स्थानमा अराजकता र यातायात अवरुद्ध हुँदा मात्रै यस्तो कारबाही गरिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *